गोकुलेश्वर । अमेरिकामा एक महिलाले तीन बालबालिकाको गोली हानी हत्या गरेकी आफू पनि आत्महत्या गरेकी छन् ।
ब्रान्डी म्याक्सिलन नाम गरेकी ३९ वर्षीया ती महिलाले दुई छोरा र एक छोराको हत्या गरेकी हुन्। ती बच्चाहरूको उमेर १०, ६ र ११ वर्ष थियो। ओक्लाहोमा राज्यको टुल्सा राज्यमा उक्त घटना भएको हो । ब्रान्डी बच्चाहरूसँग त्यहाँ बस्ने गर्थिन् ।
ओक्लाहोमा स्टेट ब्यूरो अफ इन्भेस्टिगेशन (ओएसबीआई) टोलीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । फक्स न्युजका अनुसार घटना बिहीबारको हो। प्रहरी टोली यहाँ गस्तीमा थियो । त्यही क्रममा ती महिलाले गोली चलाएको आवाज प्रहरीले सुनेका थिए। त्यतिबेला दिउँसो करिब चार बजेको थियो ।

घटना भएकै बेला प्रहरी स्थलमा पुगेको थियो। जहाँ महिला कराएको आवाज प्रहरीले सुनेका फक्स न्युजले लेखेको छ।घरबाहिर बार लगाइएको थियो। ती महिलाको हातमा बन्दुक थियो ।
प्रहरीले महिलासँग कुरा गर्न पनि खोजेको समाचारमा जनाइएको छ। त्यसपछि प्रहरीले घर घेरा हालेको थियो। यस क्रममा प्रहरीको क्विक रेस्पोन्स टोली पनि उपस्थित भइसकेको थियो ।
ओएसबीआईका एक अधिकारीले भनेका छन्, ’महिलाले पहिला तीन बच्चाको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट स्पष्ट भएको छ ।’
प्रहरीले अनुसन्धान जारी राखे पनि हालसम्म घटनाको कारण खुलाउन सकेको छैन ।



