No.1 News Portal from Sudurpashchim Province
bajaj

संसारकै धनी भिखारी जसको १२ करोड सम्पत्ति छ !

गोकुलेश्वर । भिखारीको १२ करोडको सम्पत्ति छ भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । यस्तै एक धनी भिखारी हुन् भारतका भरत जैन ।

उनी १२ करोड सम्पत्तिका मालिक हुन् । सम्पत्ति उनको परिवारको वा अन्य कसैले कमाइ दिएको होइन । यो सम्पत्ति उनी आफैँले भीख मागेर कमाएका हुन् ।

pm office

उनी मुम्बईमा २ करोड (१ करोड २५ लाख भारु) को घरमा बस्छन्। उनका छोराछोरी भारतको सबैभन्दा महँगोमध्ये एक कन्भेन्ट स्कूलमा पढ्छन् । मुम्बईमा मात्रै होइन उनले पुणेमा पनि घर बनाएका छन् । त्यो घरका सटर भाडामा दिएर मासिक ४८ हजार कमाउँछन् ।

उनले अहिले पनि भीख माग्ने काम गरिरहेका छन् । उनले भीख मागेरै मासिक एकलाख भन्दा धेरै कमाइ गर्छन । उनी अहिले पनि दैनिक १२ देखि १४ घण्टा मुम्बईका सडकमा भीख मागिरहेका भेटिन्छन् ।

मुम्बईमा जन्मिएका उनले आर्थिक अवस्था कमजोर भएका कारण पढ्न पाएनन्। विस्तारै मजबुरीका कारण भीख माग्न थाले । उनले सुरुमा छत्रपति शिवाजी टर्मिनस वा आजाद मैदानमा भीख माग्न थालेका थिए। पछि त्यो पैसा लगानी पनि गर्दै गएर करोडौँका मालिक भएल।

उनको परिवारमा श्रीमती, बुवा, भाइ र दुई छोरा छन् । परिवारका अन्य सदस्यले स्टेसनरी चलाउछन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.