No.1 News Portal from Sudurpashchim Province
bajaj

महिलालाई सडकमा नांगै घुमाउने मुख्य अभियुक्तको घरमा आगो लगाईयो

गोकुलेश्वर । भारतको मणिपुरमा दुई महिलामाथि चरम यौन उत्पीडन गर्ने मुख्य अभियुक्तको घर आक्रोशित समुहले जलाइ दिएको छ ।

दुई महिलालाई पूर्ण रुपमा नग्न बनाएर घुमाईएको भिडियो बुधबार सार्वजनिक भएको थियो। भिडियोमा करिव २० र ४० वर्षका ती दुई महिलालाई भीडले समातेर घिसार्दै खेतमा धकेलेको देखिन्छ । 

उनीहरु मणिपुरमा दशकौंदेखि सामाजिक आन्दोलन चलाइरहेको मीरा पैबी संगठनका सदस्य हुन् ।
काङपोकपी जिल्लामा कुकी–जो आदिवासी समुदायका महिलाहरूलाई त्यसरी यातना दिइएको थियो। उनीहरूमाथि सामूहिक बलात्कार समेत भएको दाबी गरिएको छ ।

pm office

भारतको संघीय सरकारले सबै सामाजिक सञ्जाल प्रयोगकर्तालाई भिडियो हटाउन निर्देशन दिएको छ ।

घटनामा अहिलेसम्मम चारजना पक्राउ परेका छन्। प्रहरीले भिडियो खिच्नेलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका अभियुक्तहरुलाई बलात्कार मुद्दा लगाइने भएको छ । मुख्य अभियुक्त पक्राउ परेको केही घण्टामै महिलाहरुले उसको घर जलाइदिएका थिए। गाउँलेहरुले सबै अभियुक्तको परिवारलाई गाउँ निकाला गर्ने निर्णय गरेका छन् ।

संसद्मा विपक्षीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरमा जारी हिंसाबारे नबोलेको भन्दै उनीमाथि प्रश्न उठाएका छन्। जवाफमा मोदीले उक्त घटनाले भारतलाई लज्जित बनाएको भन्दै घटनाका दोषीलाई उम्किन नदिने बताएका छन्।

भारतको सर्वोच्च अदालतले पनि महिलामाथि भएको आक्रमणबारे चासो देखाएको छ ।

प्रधानन्यायाधीश डीवाई चन्द्रचूडले उक्त भिडियोले आफूलाई विचलित बनाएको भन्दै त्यसबारे यथोचित कदम चाल्न सरकारलाई भनेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.