No.1 News Portal from Sudurpashchim Province
bajaj

अमेरिकी सैनिक उत्तर कोरियाकोे नियन्त्रणमा

गोकुलेश्वर। दक्षिण कोरियाको सीमाबाट अनुमतिबिना आफ्नो क्षेत्रमा प्रवेश गर्ने एक अमेरिकी सैनिकलाई उत्तर कोरियाले नियन्त्रणमा लिएको छ । दुई देशलाई विभाजन रेखा हेर्न पुगेका ती सैनिक उत्तर कोरिया प्रवेश गरेको बताइएको छ ।

उत्तर कोरियासँग तनाव बढिरहेका बेला यो घटना भएको हो । अमेरिकाले आफ्ना नागरिकलाई सो देश नजान सुझाव दिन्छ । एक शीर्ष अमेरिकी कमान्डरले सैनिकसँग हालसम्म सम्पर्क नभएको जानकारी दिएका छन् ।

pm office

यूएस इन्डो प्यासिफिक कमान्डका एडमिरल जोन एक्वीलिनोले सैनिकको बारेमा आफूहरुले ‘ट्रयाक’ नगरेको बताए । उनले सैनिक स्वेच्छाले, कुनै आधिकारिक अनुमतिबिना उत्तर कोरियामा प्रवेश गरेको र यसबारे दक्षिण कोरियामा रहेको अमेरिकी सैनिकले अनुसन्धान गरिरहेको बताए । 

सैनिकलाई नियन्त्रणमा लिएको केही घण्टापछि नै उत्तर कोरियाले दुईवटा बालेस्टिक क्षेप्यास्त्र नजिकको समुद्रमा प्रहार गरेको थियो । यसलाई दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ ।

उत्तर कोरिया पुगेका अमेरिकी सैनिक फर्किन चाहन्छन् कि चाहँदैनन् भने पनि खुलेको छैन । पेन्टागनले उत्तर कोरिया पुगेका सैनिक ट्राभिस किङ्ग भनेर पहिचान खुलाएको छ । उनी सन् २०२१ जनवरीमा अमेरिकी सेनामा आबद्ध भएका थिए । 

एसोसिएटेड प्रेसका अनुसार उत्तर कोरिया भाग्न अघि किङ्ग अनुसानको कारबाहीमा परेका थिए । उनी राजधानी सोलमा एयरपोर्टको सुरक्षा पार गरेर पनि उनी त्यहाँबाट भागेर उत्तर कोरियाको सीमामा पुगेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.