No.1 News Portal from Sudurpashchim Province
bajaj

गर्लफ्रेन्ड लिएर चीनियाँ विदेश मन्त्री छिन काङ फरार, तीन हप्तादेखि देखा नपरेको हल्ला

गोकुलेश्वर । बेईजिङमा कूटनीतिक गतिविधिहरु बढिरहेको समयमा चीनियाँ विदेशमन्त्री छिन काङ गर्लफ्रेन्ड लिएर भागेका सार्वजनिक समारोहहरुमा नदेखिएपछि विश्वब्यापी चासो वढेको छ ।

उनी हङकङमा रहेको फोनिक्स टिभीकी चर्चित प्रस्तोतालाई लिएर भागेको हल्ला छ । चीनबाहिर रहेका विश्लषेकहरूले टेलिभिजन प्रस्तोतासँग काङको सम्बन्ध पनि उनी सम्पर्क विहिन हुनुको कारण बताएका छन् ।

जापानी सञ्चारमाध्यम कोयदो न्युजले पनि ‘अतिरिक्त वैवाहिक सम्बन्ध’का कारण उनी सार्वजनिक कार्यक्रममा नदेखिएको उल्लेख गरेको छ। यसअघि सामाजिक सञ्जाल ट्विटरमा विदेशमन्त्री छिन काङ र ती महिना पत्रकारको फोटो र भिडियोहरु सार्वजनिक भएको थियो ।

pm office

यस सम्वन्धमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले काङलाई स्पष्टिकरण पनि माग गरेको थियो ।

गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन्। चिनियाँ राष्ट्रपति सी जिन पिङका विश्वासपात्र मानिएका काङले जुलाई पहिलो साता युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठाएपछि बोरेलको बेइजिङ भ्रमण रद्द भयो ।

भ्रमण रद्द गरिएको विषयमा कुनै कारण खुलाईएको थिएन। साता इन्डोनेसियाको जाकार्तामा भएको दक्षिण–पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि काङ सहभागी भएनन् । उनको साटो उक्त बैठकमा चीनका अर्का कूटनीतिज्ञ वाङ यीलाई पठाइएको थियो। वाङ यी गत डिसेम्बरसम्म चीनका विदेश मन्त्री थिए ।

चिनियाँ विदेश मन्त्रालयको सोमबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ताले ‘काङका विषयमा सार्वजनिक रुपमा दिने कुनै सूचना आफुसँग छैन’ भनेकी थिइन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेताहरू लामो समयसम्म सार्वजनिक रूपमा नदेखिँदा पनि त्यसबारे यथार्थ विवरणहरू सार्वजनिक गर्ने गरेको छैन। त्यसैले यसअघि चिनियाँ राष्ट्रपति सी चिन फिङ एक महिनासम्म सार्वजनिक रुपमा नदेखिँदा पनि त्यसको कारण खुलाइएको थिएन। त्यस वेला चीन फिङ सेनाको कब्जामा रहेको हल्ला चलेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.