गोकुलेश्वर।कलाकार प्रकाश सपुतमाथि रोमानियामा आक्रमण भएको छ । ‘याद म्युजिक फेस्टिवल’का लागि रोमानियाको बुखारोष्ट पुगेका सपुतमाथि आइतबार एक सांस्कृतिक कार्यक्रममा उनीमाथि बोतल प्रहार भएको हो ।

स्टेजमा प्रस्तुती दिइरहेका सपुतमाथि दर्शकको भीडमा रहेका एक व्यक्तिले पानी या क्यान वियरको बोतलले हानेका थिए ।
उक्त बोतल अनुहारको देब्रे भागको गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए। सपुतलाई बोतल हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
घटनाको केही बेरपछि प्रकाश फेरि स्टेज चढेर गीत गाएका थिए । कार्यक्रममा सहभागी एक दर्शकका अनुसार मदिरा सेवन गरेर आएका एक युवकले बोतलले हिर्काएका हुन् । प्रकाशको अवस्था भने सामान्य रहेको छ ।



