गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु उपसभापतिमा नवराज बिष्ट सर्व सम्मत निर्वाचित भएका छन् ।
उनी नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)बाट सर्वसम्मत निर्वाचित भएका हुन् ।
विद्यार्थी नेता बिष्टले यसअघि स्ववियु सभापतिमा उम्मेदवारी घोणण गरेका थिए ।,पछि फागुन २७ गते दार्चुलामा स्ववियु चुनावको लागि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बीच तालमेल हुँदा गोकुलेश्वर क्याम्पसको सभापति भागबण्डा अनुसार क्रान्तिकारीको भागमा परेपछि संगठन र पार्टीको निर्णय अनुसार सभापतिमा उम्मेदवारी नदिई आफ्नो उम्मेदवारलाई जिताउन सहयोग गर्दै आएका थिए ।

उनी क्याम्पसमा विभिन्न भौतिक विकास,पुर्नःनिर्माण लगायत विद्यार्थीको समस्यालाई लिएर आवाज बुलन्द गर्ने विद्यार्थी नेता हुन् ।
सालिन स्वभाव,विद्यार्थीहरु माझ लोकप्रिय रहेका नेता बिष्ट समग्र क्यामपसको हितको बारेमा सोच्ने दुरदर्शि भिजन भएका अब्बल,सक्षम नेतृत्व र क्याम्पस प्रशासनमा राम्रो पहिचान बनाएकाले गर्दा पनि गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु उपसभापतिमा निर्वाचित हुँदा उनको अहिले चर्चा चलेको छ ।
गोकुलेश्वर बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक पुर्वाधार व्यवस्थापनमा आफ्नो तर्फबाट ठुलो योगदान रहने उनले बताए ।
यो पनि :गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका नविन बिष्ट चयन
गोकुलेश्वर क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववीयूबाट बिष्टको उम्मेदवारी घोषणा



