No.1 News Portal from Sudurpashchim Province
bajaj

महेन्द्रनगर हुँदै बनबसा पुगेका ४ चिनियाँ नागरिकलाई ५/५ वर्षको कैद सजाय

गोकुलेश्वर।महेन्द्रनगर हुँदै भारतीय सीमा बजार बनबसा पुगेका ४ जना चिनियाँ नागरिकलाई त्यहाँको अदालतले पाँचरपाँच वर्षको कैद सजाय सुनाएको छ ।

कोरोना संक्रमणको समयमा बिना राहदानी भारतीय सीमामा प्रवेश गरेको आरोपमा उनीहरुमाथि भारतीय प्रशासनले मुद्दा दर्ता गरेको थियो ।

pm office

भारतको चम्पावतस्थित मुख्य न्यायीक मजिस्ट्रेट अरुण बोहराले चारै जनामाथि अलग–अलग धारा अन्तर्गत ४५र४५ हजार रुपैयाँ जरिवानाको पनि फैसला सुनाएका छन् ।

२७ जुलाई २०१९ मा उनीहरु महेन्द्रनगर हुँदै भारतीय सीमा बनबसामा प्रवेश गरेका थिए। जिनयोङ लियो, हेपनिङ ली, सुजैन बैंग, गुङचुक बैन र एकजना तिब्बती नागरिक खष्टे सिङपेलाई प्रहरीले तत्काल हिरासतमा लिएको थियो ।

पाँचै जनासँग राहदानी थिएन । उनीहरुसँग मतदाता परिचयपत्र भने फेला परेको थियो । भारतीय प्रशासनका अनुसार ती परिचयपत्र पनि नक्कली थिए ।

तिब्बती नागरिक खष्टे सिङपेको भने कोरोनाका कारण दिल्लीमा मृत्यु भएको थियो । बाँकी चार जना भने अदालतको फैसलापछि चम्पावतस्थित जेलमा छन् । साभार सीमारेखा

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.