- कृष्णदेव बिष्ट
कसरी भनु तिमीलाई
मेरो लागी तिमी को हौं ।

0000
संसार कै सबै भन्दा
प्रीय मान्छे तिमी हौं ।
जिवनको भरौसा हौं
तिमी मेरो साहास हौं
तिमी मेरो उत्साह हौं
तिमी मेरो सफलता हौ
मेरो जिवनकै तिमि,
एउटा सुन्दर फूल हौं
कसरी भनु तिमीलाई
मेरोलागी तिमी को हौं।
000
तिमी धड्कनको गीत हौं
तिमी जीवनको संगीत हौं
तिमी मेरो जिन्दगी हौं
तिमी मेरो बन्दगी हौं
तिमी मेरो रोसनी हौं
तिमी मेरो खुसी हौं
तिमी मेरो सुख हौं
तिमी मेरो प्रेम हौं
मेरो आदर्श , तिमी नै त हौं ।
कसरी भनु तिमीलाई
मेरो लागी तिमी को हौं ।
000
आखामा तिमी छौं
यादहरुमा तिमी छौं
निन्द्रामा तिमी छौं
भोकमा तिमी छौं
सपनामा तिमी छौं
मेरा हरेक कुरामा तिमी छौं
मेरा हरेक यात्रामा तिमी छौं
मेरा हरेक पलमा तिमी छौं
हरेक दिनको प्राथनामा ,तिमी नै त छौ।
कसरी भनु तिमीलाई
मेरो लागी तिमी को हौं ।
फूलको जस्तै रङ्ग छ तिम्रो
नदिको जस्तै चाल छ तिम्रो
चन्द्रमा जस्तै सुन्दरता छ तिम्रो
सिसाजस्तै पार्दर्शिता छ तिम्रो
आकाश जस्तै खुला मन छ तिम्रो
कपास जस्तै कोमल हृदय छ तिम्रो
तिमी नै मेरो भाग्य हौं ।
तिमी नै मेरो भबिस्य हौं ।
तिमि बिना म त ,केही पनि हैन
कसरी भनु तिमीलाई
मेरो लागी तिमी को हौं ।।



