गोकुलेश्वर।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलार्ई आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १ सय ७० सांसदको समर्थन पाएका हुन् ।
प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । प्रचण्डले प्रधानमन्त्रीका रुपमा सोमबार भोली दिउँसो ४ बजे शपथ ग्रहण गर्ने भएका छन् ।




