No.1 News Portal from Sudurpashchim Province
bajaj

फुटबल खेलमा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियामा एक फुटबल खेलमा भागदौड मच्चिँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । शनिबार भएको खेलमा हारेका टोलीका फ्यानहरु आक्रोशित भएर मैदानमा आएपछि हिंसा भड्किएको त्यहाँको स्थानीय समाचारहरुमा जनाइएको छ ।

pm office

समाचारमा जनाइएअनुसार खेल पूर्वी जाभा प्रान्तको अरेमा एफसी र पर्सेबाया सुराबाया बिच चलिरहेको थियो । अरेमा एफसी हारेको देखेर फ्यानहरु मैदान प्रवेश गर्न थाले । भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । यस अराजकतामा स्टेडियममा भागदौड मच्चिएको थियो ।

यस्तै, समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले आफ्नो टोलीले खेल हारेको देखेर केही मानिस फुटबल मैदानतर्फ दौडे र उनीहरूलाई रोक्न खोज्दा स्थिति अनियन्त्रित भएको बताए ।

‘रङ्गशालामा झगडा र अराजकता थियो । ३४ जनाको रंगशालामा र बाँकीको अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा दुई प्रहरी पनि छन् ।’ यो घटनाका धेरै भिडियोहरु सामाजिक सञ्जालमा शेयर भएका छन् । News24

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.