No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतमा बस दुर्घटना,४ नेपालीको मृत्यु

काठमाडौं । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो ।

pm office

टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गोवा जाँदै गर्दा युपी९३ बि.टि. ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडिबाट ट्रकले ठक्कर दिएको हो ।

बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । अनलाईन खबरबाट

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.