No.1 News Portal from Sudurpashchim Province
bajaj

मेरो देशको शिक्षा,सर्टिफिकेट र सिप

सिकाईलाई सहज बनाउने प्रकिया वा जसले व्यक्तिलाई आफ्नो आदर्श ज्ञान ,क्षमता,नैतिक मूल्यमान्यता ,विचारधारा मनोबृतिलाई व्यवहारमा परिवर्तन गर्नका साथै समयानुकुल समायोजन गर्न मदत गर्छ त्यसैलाई शिक्षा भनिन्छ । शिक्षा त्यस्तो सशक्त माध्यम हो जसले व्यक्तिको व्यक्तित्व विकासगरि राष्ट्रलाई विकसित र व्यावहारिक बनाई मुलुकको परिवर्तन गर्दछ ।

  • एलिजा भारती

सिकाईलाई सहज बनाउने प्रकिया वा जसले व्यक्तिलाई आफ्नो आदर्श ज्ञान ,क्षमता,नैतिक मूल्यमान्यता ,विचारधारा मनोबृतिलाई व्यवहारमा परिवर्तन गर्नका साथै समयानुकुल समायोजन गर्न मदत गर्छ त्यसैलाई शिक्षा भनिन्छ । शिक्षा त्यस्तो सशक्त माध्यम हो जसले व्यक्तिको व्यक्तित्व विकासगरि राष्ट्रलाई विकसित र व्यावहारिक बनाई मुलुकको परिवर्तन गर्दछ ।

शिक्षा भनेको पढ्न र लेख्न जान्नु मात्र हैन, पढ्नु र लेख्नु त शिक्षाको पहिलो पाईला मात्र हो । शिक्षा जन्मे देखि घरबाट सुरु भएर जीवनको परिक्षा र कष्टहरु बुझ्दै जीवनको समयसिमा पुरा गर्न कडा परिश्रम र बलिदान ले समर्पण गर्ने पाटो हो ।

जसले व्यक्तिको जीवनको गुणस्तरमा सुधार ल्याउने उपकरण बन्न मद्दत गर्छ ।  हामी शिक्षा भन्नाले कति पढ्उ त्यो लाई सर्तिफिकिकेट मा मापन गर्छौ यधपी शिक्षा जन्मबाट मुर्त्यु प्रयत्न चलिरहने प्रक्रिया हुदा यसलाई हामी सर्टिफिकेटले मात्र मापन गर्न सक्दैनौ । एउटा प्रख्यात भनाई छ नि थोमस एडिसनको भोलि मेरो परिक्षा हो तर मलाई मतलब छैन किनकि एउटा कागजले मेरो भविष्य तय गर्न सक्दैन झ तर यसको अर्थ यो हैन कि सर्टिफिकेट काम नै लाग्दैन भन्ने मार्क्स , सर्टिफिकेटले तपाइको भविष्य परिभाषित त गर्न सक्दैन तर तपाई अर्को केहि आउने वर्षको लागि कहाँ जाने, के गर्ने ?र के कति सिक्नु भयो ? त्यो अवस्य परिभाषित गर्दछ । सर्टिफिकेटले तपाई संग भएको निश्चित ज्ञान,सिप र योग्यताहरु छन् र त्यो काम गर्न कमसेकम दक्ष हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्दछ ।

यधपि यहा हजारौ मानिस यस्ता नि छन् जसले कहिले राम्रो अंक पाएनन, कहिले राम्रो कलेजमा गएनन तर पनि धेरै सफल छन् किनभने तिनीहरु संग कम्तिमा सिप छ । प्रतिभा भन्ने कुरा नदीको बहाव जस्तै हो यो निर्णय भयो भने बाधले पनि रोक्न सक्दैन । सीप भन्ने कुरा सबैमा भएको अन्तरनिहित प्रतिभा हो ।

अनि प्रतिभाको निखार गर्न र अझ अब्बल बनाउन मान्छेलाई शिक्षाको आवस्यकता पर्छ र त्यसलाई व्यवहारिक जीवनमा जीवन चलाउन रोजगारी प्राप्त गर्न र प्रतिष्पर्धा को युगमा आफुलाई चिनाउन सर्टिफिकेटको आवश्यकता पर्छ ।

pm office

नेपालमा गुरुकुल शिक्षा प्रणालीबाट सुरु भएको शिक्षा आधुनिक,प्रयोगात्मक र बैज्ञानिक युगमा पुग्दा पनि सैदान्तिक मै अल्झियको छ । विभिन्न कुरामा सुधार हुदै आए पनि अझै ठयाक्कै हामी आजको आधुनिक शिक्षा प्रणालीसँग जुध्न सकेका छैनौ । बैज्ञानिक युगमा नयाँ खोज, अनुसन्धानमुलुक र जीवनोपयोगी शिक्षा हुनु पर्ने मा हाम्रो यता अझै पनि सर्टिफिकेटमा मात्र सिमित भएको शिक्षा छ ।

११ वटा बिश्वबिद्यालयहरु , ८६ वटा उच्च शैक्षिक संस्थाहरु ,करिब ३५० क्याम्पसबाट ५लाख ३८हजार बिद्यार्थीले उच्च शिक्षा हासिल गर्दा पनि नेपाल बाट करिब दैनिक १००० युवा वैदेशिक रोजगारीमा जान्छन भने निजामति सेवामा विज्ञापन पद संख्या करिब २२सय हुदा आवेदन दिनेको संख्या करिब ८३ हजार पुग्छ जसले गर्दा बाकी कहाँ जाने के गर्ने ?११.४०५ बेरोजगारी दर रहेको नेपालमा शिक्षाको गुणस्तर कस्तो, कति जीवनपयोगी र व्यबाहारिक छ वा सर्टिफिकेट मा मात्र सिमित छ भन्ने कुरा झल्काउँदछ ।

सबैलाई शिक्षा र ज्ञान चाहिन्छ । हाम्रो मौलिक हक नै गुणस्तरीय शिक्षामा सबैको पहुच भन्ने हो । राष्ट्रको परिवर्तन गर्न शिक्षाको माध्यम बाट मात्र सकिन्छ त्यहि भएर हाम्रो जस्तो विकासन्मुख र गरीब देशमा विकास गर्न सर्वप्रथम जीवनपयोगी शिक्षाको विस्तार गर्न आवश्यक छ ।

विश्वविधालयको क्षमता बिस्तार ,पाठयक्रममा परिवर्तन, प्राक्टिकलमा आधारित,व्यवहारिक जीवनपयोगी विषयबस्तु समावेश गर्ने र शिक्षालाई राजनीतिक हस्तछेप बाट बचाउनु जरुरी छ ।
विदेशका विश्वविधालयहरुमा कोभिड हुदा संकट समाधान गर्न रातदिन तल्लीन भएर नयाँनयाँ आविष्कार हुदा हाम्रो देशमा सामान्य सिटामोलको अभाब , स्वास्थ्यविज्ञको अभाब भैरहयो, भएको जनशक्ति नि काम लागेन उदाहरणकै लागि भन्नु पर्दा माइक्रोबायोलोजीको स्नातक,स्नातकोतर तह उतीर्ण त्रीविबाट बर्षेनी उच्च संख्यामा उत्पादन हुन्छन जसले मास्टर्स मेडिकल माइक्रोबायोलोजी नै गरेका ,जसमा भाइरोलोजी नै पढेका छन् ।

तिनीहरुको अत्तोपत्तो भएन सरकारको भद्रगोल नीति नियम र लाइसेन्स नहुदा कुनै काममा सहयोग आउन सकेनन भने १८महिना तालिम गरेको भरमा ल्याबटेक्निसियन ले कोभिड —१९ टेस्ट र पिसिआर चलाउने भए भने त्यो माइक्रोबायोलोजी पढेको के काम ? किन पढाई हुन्छ ? के को लागि विश्वविधालयहरुमा समाबेश गरिएको छ यस्ता विषय बस्तुहरु ? यो त एउटा उदाहरण मात्र हो यस्ता धेरै विषय छन् जस्तै केमिष्ट्री,फिजिक्स,गणित यिनीहरु पनि के टिचिंग गर्न कै लागि पढ्नु पर्ने हो ररु निजामती मा जान कै लागि पढ्नु हो ? नेचुरल साएन्स को काम येती हो ? आफ्नो फिल्डको काम के हो थाहा नै नपाउने अवस्था छ भने किन पढाई हुन्छ ।

अमेरिका , युरोप मा नेचुरल साएन्स भनेपछि खोज,अनुसन्धानका लागि अग्रपंतिमा हुन्छ ठुल्ठुला प्रयोगशाला हुन्छन यहा हामी किताब मा थ्ययूरी रटेर बसेका छौ अनि १८महिने तालिम ले ६वर्ष को पढाई लाई विस्थापित गर्छ भने त्यो सर्टिफिकेट को के काम ? के का लागि शिक्षा आर्जन गर्दै छौ जसले न व्यक्तिको न राष्ट्रको हितका लागि उपयोगमा आउन सकिएको छ ।

गलत निर्णय ,गलत नेतृत्व ,गलत नीति र राजनीतिका नाममा विभिन्न हस्तछेपले हाम्रो देशको शिक्षा प्रणाली नाजुक अवस्थामा छ । विभिन्न लोभलालच र व्यापारमुखी प्रवृतिले अब्बल पाठयक्रम र शिक्षक छनोट नै हुदैन भने के प्रगति हुन सक्छ ? सरकारी क्षेत्रमा राजनीतिक दवाब र फितलो व्यवस्थापनले निजि क्षेत्र ले शिक्षालाई झन् व्यापारमुखी बनाएका छन् । भौतिक सेवासुविधा सम्पन्न र अब्बल पाठयपुस्तक र शिक्षक छनोट मा प्रतिस्प्रधा ल्याएर जति सक्यो महँगो शुल्क असुल गर्दा गरिब जनता कसरि कहाँ पढ्नु ? अनि कसरी बहुआयामिक र दक्ष जनशक्ति उत्पादन हुनु? समस्याहरु मात्र हामी संग दिनप्रतिदिन थुप्रिदै गएका छन ।

समाधान अझै पनि गर्न सकिएको छैन । विभिन्न समस्या ले थिचिएको विकासन्मुख देशमा परिवर्तन ल्याउने गफ,भाषण धेरै सुन्छौ ,विभिन्न आन्दोलन ,नाराजुलुस निकाल्छौ तर पनि देश भागबन्डाकै चुंगुलमा फसेको छ । रचनात्मक ढङ्गले विकास गर्न सकिएको छैन जसको कारण हामी अझै सयौ बर्ष पुरानो पाठ्यक्रम मै आधारित छौ यस्तो शिक्षाले कसरी देशको समग्र विकासको खाका बनाउने नेता,कर्मचारी देखि देशको भूगोलको रक्षा गर्ने सिपाही या भनु जीवन रक्षा गर्ने स्वास्थयकर्मि कसरी उत्पादन गर्न सकिएला १ गफ र भाषणमा मात्र नभइ शिक्षालाई दैनिक जीवनमा प्रयोग गर्न बनाउन सके सर्टिफिकेटमुखी हैन सिपमुलक शिक्षा हुन्थ्यो र यसले गुणस्तरीय जीवन यापन गर्न र आजको आवश्यकता परिपूर्ति गर्न टेवा पुर्याउँछ भन्नेमा दुइ मत छैन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.