No.1 News Portal from Sudurpashchim Province
bajaj

एमालेमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास

गोकुलेश्वर। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । सौराहामा आज सुरु हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

pm office

यस अनुसार अबको कमिटीको आकार ३०१ सदस्यीय बन्नेछ । गएको असोजमा काठमाण्डौको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । विधान महाधिवेशनले पारित गरेको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थाबाट अब १९ सदस्यीय पदाधिकारीसहितको हुनेछ।

अब नेकपा एमाले ३०१ केन्द्रीय सदस्यीय रहनेछन् । यस्तै ९९ जना पोलिटब्युरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहनेछन् । साथै १९ जना पदाधिकारी हुने ओलीको प्रस्ताव पारित भएको छ । जसमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ अरु उपाध्यक्ष रहनेछन् । साथै १ महासचिव र ३ उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.