गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेपाली काँग्रेंस नगर सभापतिमा अशोक सिंह धामीले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशन अन्र्तरगत असोज ९ गते हुने नगरपालिकास्तरिय सम्मेलनका लागि युवा नेता धामीले शैल्यशिखर नगरपालिकाको नगर सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनी धनगढी इन्जिनियरिंग कलेज ९नास्ट ० मा इन्जिनियरिंग पढ्दै गरेका २३ बर्षका कान्छा उम्मेदवार हुन् ।
काँग्रेंसका लागि उनले स्कूल पढ्दा देखि हालसम्म धेरै योगदान गरेका छन् । धामीले काँग्रेंस राजनीतिमा बिद्यार्थीहुदा देखि नै समय खर्चिदै आएका छन् । ‘म युवा नेता गगन थापाबाट प्रभावित भएर कांग्रेसमा लागेको हुँ, धामीले भने,‘त्यसपछि अहिलेसम्म म कांग्रेसमा निरन्तर लागिरहेको छु ।’ अब दार्चुलाको शैल्य शिखरमा काँग्रेंसलाई नयाँपन दिनका लागि म उमेदवार उठेको छु र सबै पक्षबाट सहयोग पुग्ने पूर्ण आशावादी छु ।’

कांग्रेस नै जनताको खास पार्टी हो भन्ने जिल्ला तथा नगरबासीलाई महसुस गराउन र जनताको सुखदुखमा सधैं सहयोगी बन्न आफूले नगर सभापतिमा उठेको उनी बताउँछन् ।
‘लोकतन्त्रका लागि मैले सम्पूर्णलाई सहयोग गर्दै आए । अब मलाई नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्ताले सहयोग गरिदिनुस भनेर म विनम्र अनुरोध गर्दछु, धामीले भनेका छन्, राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेलाई पाखा लगाउनुपर्छ ।’ आस्था र निष्ठाका लागि लडेको छु ।
बिपीको समाजबादलाई सधैंभर पछ्याउनेछु ।’ नगर सभापतिको पदमा बसेर शैल्यशिखरको समग्र उन्नति र काँग्रेंसलाई अझ गतिशील बनाउन आफ्नो दायित्व हुने उनले बताए । पार्टी संगठनलाई बलियो, असल र नेपाली कांग्रेसको विचारलाई समाजको अभिन्न अंगको रुपमा अघि बढाउन नगर सभापतिको पदमा आफूलाई अघि सारेको धामीले बताए।
राजनीतिमा विभिन्न आरोह अवरोह तथा संघर्ष गर्दै आएका युवा नेता धामी आशन्न महाधिवेशन मार्फत पार्टीको राजनीतिमा आफुलाई स्थापित गर्ने संकल्प सहित नगर सभापतिको तयारीमा जुटेका छन् ।
निरन्तर रुपमा काँग्रेंसमा क्रियाशील भएर समाजिक सेवा गर्दै आएका धामी आफ्नो उम्मेदवारीले युवा प्रतिनिधित्व रहने र आफुले निर्वाचित भएसंगै समग्र क्षेत्रको विकाश, समृद्धि र जिम्मेवार काङ्ग्रेस बनाउन आफ्नो योगदान रहने बताउँदै सम्पुर्णलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।



