No.1 News Portal from Sudurpashchim Province
bajaj

युवा नेता विष्टद्धारा शैल्यशिखर नगर सचिवमा उमेदवारि घोषणा

गोकुलेश्वर। नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुणका नेता सुरेश बिष्टले नेपाली काँग्रेंस शैल्यशिखर नगरपालिकाको सचिव पदमा आफ्नो उमेदवारि घोषणा गरेका छन् ।

नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशन अन्र्तरगत असोज ९ गते हुने नगरपालिकास्तरिय सम्मेलनका लागि युवा नेता बिष्टले शैल्यशिखर नगरपालिकाको सचिवका लागि उमेदवारि घोषणा गरेका छन्।

डेढ दशकदेखि नेपाली काँग्रेंसको सक्रिय राजनीतिमा होमिएका युवा नेता बिष्टले पहिलो पटक सचिव पदका लागि उमेदवारि घोषणा गरेका हुन् । शैल्यशिखर नगरपालिका -९ नकतड घर भएका विष्ट २०६६ साल देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् ।

pm office

विष्ट यस अघि नेपाली काँग्रेंसको भातृ संस्था नेपाल तरुण दलको शैल्यशिखर नगर सभापति भइसकेका छन् । लामो समय देखी नेपाली काँग्रेंसका हरेक आन्दोलनमा अग्रसर भएर काम गर्दा जिल्ला प्रशासन कार्यालय सम्म मुद्दा खेपेको विष्टले बताए। नेपाली काँग्रेंसमा युवाहरुको आकर्षण बढाउन र संगठन विस्तारका लागि आफूले नगर सचिवमा उमेदवारि घोषणा गरेको बताए।

पार्टी संगठनलाई बलियो, असल र नेपाली कांग्रेसको विचारलाई समाजको अभिन्न अंगको रुपमा अघि बढाउन नगर सचिव पदमा आफूलाई अघि सारेको विष्टले बताए। राजनीतिमा विभिन्न आरोह अवरोह तथा संघर्ष गर्दै आएका युवा नेता बिष्ट आशन्न महाधिवेशन मार्फत पार्टीको राजनीतिमा आफुलाई स्थापित गर्ने संकल्प सहित नगर सचिवको तयारीमा जुटेका छन् ।

निरन्तर रुपमा काँग्रेंसमा क्रियाशील भएर समाजिक सेवा गर्दै आएका विष्ट आफ्नो उम्मेदवारीले युवा प्रतिनिधित्व रहने र आफुले निर्वाचित भएसंगै समग्र क्षेत्रको विकाश, समृद्धि र जिम्मेवार काङ्ग्रेस बनाउन आफ्नो योगदान रहने बताउँदै सम्पुर्णलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

शैल्यशिखर नगर सभापति पदका लागि युवा नेता जगदिश बिष्टले समेत उमेदवारि घोषणा गरेका छन् ।दार्चुलाका विभिन्न स्थानीय तहमा कांग्रेसका युवा नेताहरुले विभिन्न पदमा आफ्नो उमेदवारि घोषणा गरिरहेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.