No.1 News Portal from Sudurpashchim Province
bajaj

नेविसंघ नेता पन्त दार्चुलाको प्रदेश सभा निर्वाचन क्षेत्र (क)बाट क्षेत्रीय सचिव पदको दौडमा

गोकुलेश्वर। नेपाल विद्यार्थी संघका नेता राजेश राज पन्त दार्चुला जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट क्षेत्रीय सचिव पदको दौडमा देखिएका छन् ।

नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशन अन्र्तरगत असोज २ गते हुने प्रदेश सभा क्षेत्रीय अधिवेशनमा दार्चुला जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट क्षेत्रीय सचिवमा  विद्यार्थी  पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।

pm office

दार्चुलाको  मालिकार्जुन गाउँपालिका -८ का पन्त विगत १३ बर्ष देखि नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ आवद्ध रहेका छन्। विद्यार्थी जिवनको इकाई सभापतिबाट आफ्नो राजनीतिक यात्रा तय गरेका पन्त थापाथली क्याम्पसको सचिब, सु.प. बिश्वविद्यालय ने.बि. संघको सचिव हुँदै सभापति समेत भएका हुन।

विद्यार्थी राजनीतिमा विभिन्न आरोह अवरोह तथा संघर्ष गर्दै आएका विद्यार्थी नेता पन्त आशन्न महाधिवेशन मार्फत पार्टीको राजनीतिमा आफुलाई स्थापित गर्ने संकल्प सहित क्षेत्रीय सचिवको तयारीमा जुटेका छन् ।

पन्तले आफ्नो उम्मेदवारीले युवा प्रतिनिधित्व रहने र आफुले निर्वाचित भएसंगै समग्र क्षेत्रको विकाश, समृद्धि र जिम्मेवार काङ्ग्रेस बनाउन आफ्नो योगदान रहने बताउँदै सम्पुर्ण क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुलाई सहयोग गर्न समेत आग्रह गरेका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.