गोकुलेश्वर। नेपाल विद्यार्थी संघका नेता अनिल कुमार बिष्ट नेपाली काँग्रेंस डिलाशैनी गाउँपालिकाको सचिव पदको दौडमा देखिएका छन् । नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशन अन्र्तरगत असोज ९ गते हुने गाउँपालिकास्तरिय सम्मेलनका लागि विद्यार्थी नेता बिष्ट डिलाशैनीको गाउँपालिका सचिवका लागि देखिएका हुन् ।

डेढ दशकदेखि नेवि संघको राजनीतिमा होमिएका नेपाल विद्यार्थी संघका नेता बिष्टले पहिलो पटक सचिव पदका लागि तयारी अपेक्षा राखेका छन् । ०६३ सालदेखि नेवि संघ राजनीतिमा होमिएका बिष्ट दार्चुला, बैतडी, कञ्चनपुरसम्म विद्यार्थीमा सहयोगीका रुपमा देखिएका छन् । विद्यार्थीमात्र नभई उनले पार्टीमा समेत युवादेखि जेष्ठ सबैसंगै सचिवका लागि सहयोगको अपिल गरिरहेका छन । ०६३ सालमा नेवि संघ गोकुलेश्वर माध्यमिक विद्यालयबाट सक्रिय रुपमा राजनीतिक यात्रा तय गरेका बिष्ट दार्चुलाबाट जिल्ला समिति सदस्य त्यस्तै कञ्चपुरमा दुई कार्यकाल जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, नेपाल सांस्कृतिक संघ केन्द्रिय प्रतिनिधीको भूमिका निर्वाह गरेको उनीसंग अनुभव रहेको छ । शिक्षाशास्त्रमा स्नातक गरेका बिष्ट नेवि संघकै राजनीतिमा लागिले थप शिक्षा हासिल गर्न फुलस्टप लाग्यो ।
नेता बिष्ट लोक तथा दोहरी गित प्रतिष्ठान बैतडीको अध्यक्ष हुँदै प्रदेश सचिवको जिम्मेवारी सम्हालेको अनुभव र गोकुलेश्वरमा पहिलोपटक महोत्सव लगाउने जस्ता विभिन्न कार्यहरु गरेका छन् । कञ्चनपुरमा रहँदा नेता रमेश लेखकसंग बढि देखिने बिष्ट देउवा निकट मानिन्छन् ।



