No.1 News Portal from Sudurpashchim Province
bajaj

गाउँपालिकाले ल्यायो ४८ करोड १३ लाखको बजेट

गोकुलेश्वर। दार्चुलाको लेकम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ को लागी ४८ करोड १३ लाख ५६ हजार ५४० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

pm office

लेकम गाउँपालिकाको १७औं अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रामदत्त जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष माधवी जोशीले आयव्यय अनुमान तथा बजेट प्रस्तुत गरेकी हुन। उनका अनुसार आयव्ययको अनुमान ४८ करोड १३ लाख ५६ हजार ५४० रुपैयाँ गरिएको छ ।

बजेटमा भौतिक, आर्थिक, सामाजिक र सेवा सुधार तथा संस्थागत विकासका सबै क्षेत्रलाई उपलब्ध बजेटमध्ये आवश्यक विनियोजन गरिएको छ । संघ र प्रदेशबाट प्राप्त हुने बजेटसहित गाउँपालिकाले आन्तरिक आम्दानी, अघिल्लो वर्षको मौज्दात रकमबाट समेत गरी कुल बजेट तयार गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.