No.1 News Portal from Sudurpashchim Province
bajaj

बालकथा : प्रह्लादको न्याय, यसरी चिनियो असली आमा

‘महाराज ! न्याय पाऊँ । यी महिला मेरो छोरालाई आफ्नो भनेर दावी गर्दै छे । आफ्नो मुटुको टुक्रोसित अलग भएर बाँच्न सक्दिनँ । हजुर न्यायपरायण राजा हुनुहुन्छ भन्ने सुनेर आएकी हुँ । आशा छ यस दुखिनी आमाले न्याय पाउने छे ।’ सानो बालक काखमा चेपेर आएकी अधवैसे महिलाले प्रह्लादसमक्ष अनुनय गरिन् ।

‘होइन महाराज ! यो दुष्टा सरासर झुट बोलिरहेकी छे । यस्ती नारी आमाको नाममा कलङ्क हो । यस्ता धूर्त र कपटीको कुरा नसुन्नुहोला । उसको काखको बालक उसको होइन, मेरो हो । मेरो छोरा बलात् खोसेर ल्याएकी हो । मेरा छोरा मलाई फिर्ता गराएर यसमाथि हदैसम्मको कारबाही गरिपाऊँ ।’ सँगैसँगै रुँदै आएकी अर्की अधवैसे महिलाले गुनासो गरिन् ।

उनीहरूको कुरा नबुझेर प्रह्लादजी हैरान भए । उनी विष्णुका परम भक्त थिए । पाँचै वर्षको उमेरमा भगवान्लाई खुसी पारीे सर्वत्र कीर्ति फिँजाउन सफल भएका थिए । उनकै रक्षा खातिर भगवान्लाई नरसिंह अवतार लिनुपरेको थियो । उनी न झुट बोल्न सक्थे न झुटो आश्वासन दिनै सक्थे । सत्य र न्याय त उनको मूलभूत विशेषता नै थियो । अन्याय र अत्याचार देख्न त के सुन्नसमेत सक्दैन थिए तर यतिबेला उनी आफैँ घोर धर्मसङ्कटमा परे । बालक एउटा थियो दावी दुई जनाको । दुवै आफ्नोआफ्नो सिद्ध गर्न कम्मर कसिरहेका थिए ।

उनले सत्यतथ्य छुट्याउन निकै प्रयास गरे । मन्त्रीहरूलाई लगाए, न्यायविद्हरूलाई बोलाए । देशका सबै विद्वान्हरूको राय लिइयो । दिनभर छलफल चल्यो तर कसैले पनि निष्कर्ष निकाल्न सकेनन् । अन्ततः भोलि आउन भन्दै खिन्न मनले घरतिर लागे ।

‘बाबु छोरा ! अनुहार मलीन देख्छु नि, के भयो आज तिमीलाई ?’ माता कयाधुले कुरो कोट्याउँदै भनिन्–

‘आज बढी नै अधैर्य देख्दै छु । आमाहरू आफ्ना सन्तानको मनको भाव अनुहारबाटै थाहा पाउँछन् । छाती झसक्क भयो भने पनि नानीहरूलाई बिसञ्चो हुँदैछ भन्ने अनुमान लगाउँछन् । भन के भयो तिमीलाई । तिमी जस्ता भगवान्का भक्तलाई यति बढी अधैर्य हुन सुहाउँदैन ।’

आमाको कुरा सुनेर प्रह्लाद एकछिन मौन रहे । बेकारमा आमालाई किन दुःख दिने भनेर सकेसम्म टार्न खोजे तर केही लागेन । आमाले निकै कर गरेपछि लामो सास फेर्दै भने–

‘माताजी ! ठीकै अनुमान लगाउनुभयो तपाईँले । आज ठूलै धर्मसङ्कटमा परेको छु । दिउसो एउटा बालक दावी गर्न दुईवटा नारीहरू आएका थिए । दुवै जना नानी आफ्नो भएकाले आफैँले पाउनुपर्छ भनिरहेका थिए । सत्य छुट्याउन निकै प्रयास गरेँ तर केही लागेन । कदाचित गलत निर्णय हुन पुग्यो भने कहिँ पनि मुख देखाउन लायक हुने छैन । मेरा निम्ति मर्न बरु सजिलो छ गलत निर्णय सैह्य हुने छैन । त्यसैले चिन्तित छु ।’

त्यसपछि माता कयाधु एकैछिन सोचमग्न भइन् र मन्द मुस्कानका साथ भन्न लागिन्–

‘यति सानो कुरामा पनि त्यति ठूलो चिन्ता रु चिन्ता कसैका लागि पनि उचित होइन । त्यसमा पनि तिमी जस्ताका लागि त झनै सुहाउने कुरा होइन । भोलि अफिस सुरू हुने बित्तिकै उनीहरूलाई बोलाएर बच्चालाई काटेर दुई भाग लगाइदिनेछु, आ–आफ्नो भाग लिएर जान सक्नुहुन्छ भन्नु तत्कालै दूधको दूध पानीको पानी हुनेछ ।’

आमाको कुरा नबुझेर प्रह्लादले अनकनाउँदै भने–

‘माताजी ! तपाईँ के भन्दै हुनुहुन्छ यो रु जिउँदो बच्चालाई काटेर कसरी दुई टुक्रा पार्न सक्छु रु यसबाट न्याय दिन नसकेको मात्र होइन बालहत्याको समेत पापको भागी हुनुपर्नेछ ।’

pm office

‘होइन बाबु ! कुरो त्यसो होइन ।’ कयाधुले सम्झाउँदै भनिन्–

‘तिमीले कुरा बुझेनौ । बच्चालाई काट्ने भनेको होइन । झुट र सत्य पत्ता लगाउने उपाय सुझाएकी हुँ । कुनै पनि आमाले आफ्नै अगाडि आफ्नो बच्चालाई दुई टुक्रा पारेको हेर्न सक्दिनँ । एउटा बच्चा जन्माउन र हुर्काउन कति कष्ट हुन्छ भन्ने कुरा आमालाई मात्र थाहा हुन्छ । प्रशव वेदना त्यसैलाई थाहा हुन्छ जसले झेलेको छ । अरुलाई त के छ र आए आँप गए झटारो न हो ।’

‘यसको के अर्थ भयो र ?’ प्रह्लादले संशय व्यक्त गर्दै भने–

‘हो माने आमाहरूलाई बच्चा जन्माएर हुर्काउन गाह्रो हुन्छ । उनीहरू आफ्ना नानीहरूको अकाल मृत्यु भएको हेर्न सक्दैनन् तर मेरो समस्यासित यसको के सम्बन्ध छ र रु’

‘छ, छ गहिरो सम्बन्ध छ ।’ कयाधुले रहश्यको गाँठो फुकाउने प्रयास गर्दै भनिन्–

‘सम्बन्ध भएर नै भनेकी हुँ । जसको बच्चा होइन उसले यस्तो कठोर शर्तलाई पनि सजिलै स्वीकार गर्नेछिन्, जसको हो उसले स्वीकार गर्न सक्ने छैनन् ।’

प्रह्लादलीलाई आमाको कुरा ठीकै लाग्यो । भोलिपल्ट गएर त्यसै गरे । नभन्दै शर्त सुन्ने बित्तिकै एउटीले तीन बित्ता उप्रिँदै भनिन्–

‘त्यसो हो भने त्यसै सही तर जसरी पनि मलाई आफ्नो भाग चाहिन्छ ।’

तत्कालै उनको भनाइको प्रतिवाद गर्र्दै अर्कीले रुँदै भनिन्–

‘त्यसै हो भने उसैलाई दिनुस् । बरु मलाई चाहिन्न, तैपनि बच्चालाई नकाट्नुस् । आफ्नै अगाडि मुटुको टुक्रो दुई टुक्रा भएको हेर्न सक्दिन ।’

आमाको सल्लाहअनुसार सजिलै समस्या समाधान भएकोमा प्रह्लादजी निकै खुसी भए । उनले बच्चा उनैलाई जिम्मा लगाएर पठाए जसले रुँदै नकाट्नुस् भनेकी थिइन् । अर्कीलाई भने कैफियत गरेवापत कठोर काराबास र आर्थिक दण्डको सजायँ सुनाउँदै त्यस दिनको मिटिङ् टुङ्ग्याए ।

कैफियत गरी अर्काको बच्चा दावी गर्न खोज्दा विचरीले अनाहकमा जरिवाना तिर्न मात्र परेर कठोर काराबासको सजायसमेत भोग्नुपयो  । भनाइ नै छ नि–

हिंस स्वपापेन विहिंसित खलु साधु समत्वेन भयाद्विविमुच्यते ।’

अर्थात् दुर्जनहरूले आफ्नै पापका कारण दुःख पाइरहेका हुन्छन् भने सज्जनहरूले जस्तोसुकै विपत्तिबाट पनि मुक्ति पाइरहेका हुन्छन् । -साभार रातोपाटी

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.