गोकुलेश्वर।नेकपा एमाले निकट अनेरास्ववियु बैतडीको अध्यक्षमा बिरबहादुर नाथ(दिव्यवीर) चयन भएका छन् ।

जिल्ला सदरमुकाममा शुक्रबार सम्पन्न भएको अनेरास्ववियुको १३ औं जिल्ला अधिवेशनले योगीको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो ।
उक्त कमिटिको उपाध्यक्षमा शम्भु गिरी र मोहित पाण्डेय, सचिवमा सञ्जय भण्डारी,सहसचिवमा अहिल्या ठकुराठी, सन्तोष जोशी, केशव धामी र नारायण अवस्थी, कोषाध्यक्षमा विष्णु अवस्थी सर्वसम्मत रुपमा चयन भएका छन् ।
अनेरास्ववियुको नवनिर्वाचित जिल्ला कमिटिले आजै शपथ ग्रहण गरेको छ ।



