गोकुलेश्वर । बैतडीमा जिप दुर्घटना भएको छ । आज बिहान धनगढीबाट दार्चुलाको गोकुलेश्वरका लागि हिडेको सुपप्र ०१००१ ज १३७९ नम्बरको जीप महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा दुर्घटनामा परेको हो।

सडकबाट जीपको एक टायरमात्रै लिक बाहिर गएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी प्रहरी पोष्ट सतबाँझका प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीले बताए ।
जीपमा चालकसहित चार जना सवार रहेका थिए । उनीहरु सबै सकुशल रहेका छन् । जीप चालक धनबहादुर बोहरा भने फरार रहेका प्रहरीले जनाएको छ ।



