गोकुलेश्वर । भारतको राजस्थानस्थित हनुमानगढ जिल्लाको पिलिबंगा थाना इलाकामा सोमबार एक व्यक्तिले आफ्ना दुई बच्चासहित फेसबुक लाइभ गरेर विष सेवन गरेका छन् ।
घटना प्रत्यक्ष हेरिरहेका गाउँले तुरुन्तै घटनास्थल पुगेर तीनै जनालाई अस्पताल लगेका थिए ।

स्थानीय पत्रकार पुरुषोत्तम दत्तका अनुसार पिलिबंगाबाट गम्भीर अवस्थामा जिल्ला अस्पताल लैजाँदै गर्दा ३० वर्षीय राजकुमारको मृत्यु भएको हो । जबकि दुवै बालबालिकाको उपचार भइरहेको छ ।
लाइभ भिडियोमा, ती व्यक्तिले श्रीमती, श्रीमतीको कथित प्रेमी र अरूलाई आफ्नो र बच्चाको मृत्युको लागि जिम्मेवार भनेका छन् ।
भिडियोमा उनले रुँदै भने, ‘साढे दुई वर्षदेखि निकै दुःखी छु । हामीलाई यातना दिइरहेका थिइन् । ’



