No.1 News Portal from Sudurpashchim Province
bajaj

रास्वपाकी सांसद तोसिमाका ‘पीए’ श्रीकान्तले डिलाशैैनीबाट मासिक भत्ता पचाउँदै

जनप्रतिनिधिको ‘चाकडी’ गरेर नियुक्ति लिएको आरोप

गोकुलेश्वर। राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीका पीए श्रीकान्त रानाले बैतडीको डिलाशैैनी गाउँपालिकाबाट भत्ता खाने गरेको खुलासा भएको छ ।

डिलाशैनी स्थायी घर भएका रानाले गाउँपालिकाबाट पनि नियुक्ति लिएर तलब भत्ता पचाउँदै आएको खुलेको हो । करिब ४/५ महिना अघि रानाले डिलाशैैनीमा राजनैतिक नियुक्ति लिएको खुलेको हो ।

सद्भावना दुत एवं स्वयंसेवकका रुपमा रानाले नियुक्ति लिएर भत्ता पचाइरहेको खुलेको छ । अहिले सो विषयलाई लिएर समाजिक सञ्जालमा आलोचनाले बतार तातेको छ ।

दोहोरो जिम्मेवारी लिएर सरकारी सेवासुविधा लिइरहेका उनको बारेमा विभिन्न टीकाटिप्पणीको ओइरो लागेको छ ।

pm office

जनप्रतिनिधि लगायतको ‘चाकडी’ गरेर उनले सो नियुक्ति लिएको आरोपसमेत लागेको छ । 

यता गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी यस विषयलाई स्वभाविक लिनुपर्ने बताउँछन् । उनले समाजमा रहेका विकृति न्यूनीकरण तथा सामाजिक सद्भाव कायम गर्नका लागि नियुक्ति दिइएको बताए । उनका अनुसार अन्य ४ जना दुतका रुपमा क्रियाशील छन् ।

उनीहरुको सेवा सुविधाका सन्दर्भमा भने एउटा कार्यविधि बनाएर सोही अनुसार (भत्ता) दिने गरेको पालिकाका अध्यक्ष जोशीले बताए । तर, के कति भन्नेबारे भने उनले खुलाउन चाहेनन् । तर, स्रोतका अनुसार रानाले काठमाडौंमै बसेर बेकामे १५ हजार मासिक बुझिरहेको बताइन्छ ।

त्यस्तै,यो विषयमा श्रीकान्त रानाको ९८६१५४२९२७ नम्बरमा फोन गरि बुझ्दा काम गरिरेहको मान्छेलाई फोन गरेर डिस्र्टव गर्ने काम नर्गनुहोस भन्दै उक्त विषयमा आफुलाई केही थाहा नभएको र सम्बन्धी व्याक्तीलाई बुझ्न भन्दै फोन काटे । उनले भने,‘यो विषयमा सम्बन्धीत व्याक्तीलाई  बुझ्नुहोस । मलाई थाहा छैन् । काम गरिरेहको मान्छेलाई फोन गरेर डिस्र्टव गर्ने काम नर्गनुहोस ।’

यस्तै डिलाशैनीकै कर्मचारीहरुले पनि यसको विरोध गरेका छन् । पालिकाका एक कर्मचारीले यो सबै कार्यकर्ता पोस्न गरिएको र यसरी राजनैनिक रुपमा नियुक्ति दिइएको आरोप लगाए । 

गाउँ कार्यपालिकाबाट कार्यविधि बनाएर उनीहरुलाई नियुक्त गरिएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.