पत्रकार खत्रीमाथि हातपात गर्ने मेयरका पीए भनिने धामीले माफी मागे
इन्द्रसिंह धामी र पत्रकार खत्री बिच मिलापत्र भयो
गोकुलेश्वर।पत्रकार अमर खत्रीलाई शैल्यशिखर नगर कार्यापालिकाको कार्यालयपरिसर भित्र हातखुट्टा भाच्ने धम्की दिदैँ हातपात गर्ने नगरपालिकाका मेयर विजयसिंह धामीका स्वकीय सचिव भनिने इन्द्रसिंह धामी (नविन) र पत्रकार खत्री बिच मिलापत्र भएको छ ।
शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा रेडियो चौलानी टुडे र सेतीकाली डटकमका सञ्चालक रणजितसिंह खत्री,पत्रकार अमर खत्री,शैल्यशिखर—५ का अध्यक्ष जनक डाँगा,शैल्यशिखर नगरपालिका विपद व्यवस्थापन शाखा प्रमुख राजेशसिंह बिष्ट,पत्रकार रामदत्त जोशीसमेतका पत्रकारको छलफलमा स्वकीय सचिव इन्द्रसिंह धामी(नविन)ले गल्ती गरेको र अबदेखि पत्रकारमाथि हातपात र दुर्व्यवहार नगर्ने भन्दै छलफलमा आग्रह गरेपछि मिलापत्र भएको हो ।
प्रहरी समक्ष माफी मागेर आजदेखि यस्ता गल्ती नगर्ने र गल्ती गरेको खण्डमा जिम्मेवार हुने सर्तमा दुवै पक्ष विच सहमति भएर मिलापत्र भएको हो ।
इलाका प्रहरी कार्यालयका गोकुलेश्वरका अनुसार रेडियो चौलानी टुडेका सञ्चालक खत्री र शैल्यशिखर—५ का अध्यक्ष डाँगाको रहोबरमा लिखित रूपमा समेत धामीले माफी माग्दै उप्रान्त हातपात,धाक, धम्की तथा पत्रकार खत्रीलाई क्षति हुने कुनै गतिविधि नगर्ने प्रतिबद्वता जनाएका छन् ।पत्रकार खत्री नगरपालिकाको व्यथितिविरुद्ध समाचार लेख्दै आएका थिए ।

केहीदिन खत्रीले गोकुलेश्वरबाट प्रशारण हुने रेडियो चौलानी टुडे र सेतीकाली अनलाइनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले नगरपालिकालाई पत्र पठाउँदै एक करोड रुपैयाँ हिनामिना शैल्यशिखरका मेयर विजयको ठाडो निर्देशनमा १ करोड स्वाहा! शिर्षकको सम्बन्धि समाचारलाई लिएर धामीले नगरपालिकाको सभाहलभित्र थुनेर हातपात गरेका थिए ।
पत्रकार खत्रीमाथि धामीले शुक्रबार दिउसो करिब पौने १२ बजेतिर आक्रमण गरेका थिए ।‘नगरपालिकाको बारेमा किन समाचार लेख्छस् ? किन आइस् ? भन्दै नगरपालिका परिसरमा ममाथि आक्रमण भयो, पछि समातेर सभाहलमा थुनेर कुटपिट गरे,’ खत्रीले भने, ‘मोबाइल खोसेर रेकर्ड गरिएको भिडिओ पनि डिलिट गरेका गरे ।’
पत्रकार खत्रीले आफूमाथि कुटपिट गने धामीलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा निवेदन दिएका थिए । पत्रकार खत्रीले आफु नगरपालिकाको सभाहल भित्र चौतर्फी घेराबन्दमिा परेपछि हातपात भएको साम्य पार्नेहरुले पनि निवेदन पर्न गएको र उनीहरु विरुद्धको निवेदन र्फिता लिदैँ कुटपिट गर्ने इन्द्र धामीको नाममा मात्रै निवेदन दिएको पत्रकार खत्रीेले बताए ।
‘म एक्लै थिए,धामीले हातपात गर्दै नगरपालिकाको सभाहल भित्र लगेका थिए, म चौतर्फी घेराबन्दीमा परे,हातपात गर्ने धामीबाट मलाई छुटाएर बाहिर ल्याउनेको नाममा पनि निवेदन परेछ,पछि उनीहरुको नाममा परेको निवेदन फिर्ता लिए ,‘खत्रीले भने, ‘इन्द्र धामीको नाममा मात्रै निदेवदन दिए,धामीले माफी माग्दै उप्रान्त हातपात,धाक, धम्की तथा मलाई क्षति हुने कुनै गतिविधि नगर्ने प्रतिबद्वता जनाएपछि मिलापत्र गरेको हु । ’
समाजवादी प्रेस संगठन दार्चुलाका अध्यक्ष र राजधानी दैनिक पत्रिकाका दार्चुला संवाददाता रहेका खत्रीलाई कुटिएको भन्दै पत्रकार महासंघ दार्चुला र समाजवादी प्रेस संगठन नेपाल लगायत अन्य पत्रकार संगठनहरुले घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग गरेका थिए ।



