No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरका मेयर विजयको ठाडो निर्देशनमा १ करोड स्वाहा!

अख्तियारमा उजुरी

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाले कृषि औजार खरिदमा १ करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको छ ।

कृषि औजार खरिद कार्यक्रम अन्तरगत नगरपालिकाका मेयर विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी १ करोड हिनामिना गरेको भन्दै उजुरी परेको पाइएको छ ।

उक्त आवमा संघ र प्रदेश सरकारबाट कृषि औजार खरिदका लागि १ करोड रुपयौँ बजेट आएको थियो । औजार खरिदका लागि टेण्डर गर्नुपर्नेमा मेयर धामीको ठाडो निर्देशनमा सोझै निर्णय गरी,कार्यक्रम निर्देशिका बमोजिम टेण्डर नगरी ,नियम र कानुन विपरित १ करोड रुपैयाँ स्वाहा पारिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

कार्यक्रम निर्देशिका बमोजिम कार्यक्रम नगरेरै रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेपछि कार्यालयले नगरपालिकासँग थप कागजात माग गरेको हो ।

pm office

‘सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपिहरु स्पष्ट राय, प्रतिकृयासहित पत्र प्राप्त भएको मितिले १५ दिनभित्र कार्यालयमा आइपुग्ने गरी पठाउन’ अख्तियारले नगरपालिकासँग भनेको छ ।

कृषि औजार खरिद प्रक्रियासँग सम्बन्धित स्पेसिफिकेसन लागत अनुमान, सिलबन्दी दरभाउ, कोटेसन दाखिला प्रतिवेदन र किसानहरुलाई वितरण गरेको भरपाईहरु पठाउन पनि अख्तियारले भनेको छ ।

यस्तै शैल्यशिखर नगरपालिका—९ स्थित गोकुलेश्वर माविको १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको गुरुयोजना, लागत अनुमान, कार्य सम्पन्न भएको नापी किताव, कार्य सम्पन्न प्रतिवेदन, निमार्ण सम्पन्न भएको भनि विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय, भौचर, बील भरपाइलगायत पनि दिन अख्तियारले नगरपालिकालाई पत्राचार गरेको छ ।

यस्तै शैल्यशिखर नगरपालिका—३ स्थित लटिनाथ आवि दर्माको ३८ लाख २९ हजार रुपैया लागतको भवन निमार्ण कार्यक्रमको सम्झौता, लागत अनुमान, नापी किताबलगायत पनि पठाउन अख्तियारले पत्राचार गरेको छ ।

यसैगरी २०७९ बैशाख देखि ०७९ असार मसान्तसम्म के कति करार कर्मचारीहरु तथा ज्यालादारीमा नियुक्त गरिएका छन् ? नीहरुको नियुक्ती प्रक्रिया सम्बन्धी सम्पूर्ण कागजपत्रहरु पनि पठाउन आग्रह गरेको छ ।

२०७९ साल असार महिनाभरि कार्यालयको चिया तथा पानीमा भएको खर्च विवरण पनि अख्तियारले माग गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.