No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते

सुरक्षाकर्मी परेड खेलिरहेका थिए

गोकुलेश्वर। दार्चुलाको मालिकार्जुन गाउँपालिका—६ उकुमा जंगली बँदेलको आक्रमणबाट दुई सशस्त्र प्रहरीसहित पाँच जना घाइते भएका छन् ।

मंगलबार बँदेलले एक्कासी आक्रमण गर्दा परेड खेलिरहेका सशस्त्र प्रहरी र स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालयका दार्चुलालले जनाएको छ ।

pm office

बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार गोपाल साउँद, जवान हरिस बुडाल, स्थानीय ६५ वर्षीय जसोदसिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका हुन् ।

घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । अन्य घाइतेको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरी बताएको छ ।

सशस्त्र प्रहरीका हवल्दार र जवानहरु परेड गरिरहेका बेला बँदेलले आक्रमण गरेको थियो । अन्य तीन जना स्थानीय पनि नजिकै थिए ।

प्रतिरक्षा गर्ने क्रममा स्थानीय र डिभिजन वन कार्यालय दार्चुलाका कर्मचारीहरुले बँदेललाई मारेको दार्चुला प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.