गोकुलेश्वर। अपि पावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनको लागि पूर्व स्वीकृति पाएको छ ।

२६ फागुनमा आयोगले हकप्रद सेयर निष्कासनको लागि स्वीकृति दिएको हो । कम्पनीले २०७९ फागुन १७ गते हकप्रद सेयर निष्कासनका लागि स्वीकृति माग गर्दै आवेदन दिएको थियो ।
कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को चुक्ता पूँजी ४१३.३२ करोडको एक बरारबर ०.४० प्रतिशतले हुन आउने अर्थात १६५.३२ करोड रकम बराबरको सय रुपैयाँ अंकित १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।
दार्चुलामा अपि पावर कम्पनीले ८.५ मेगावाटको नौगाड गाड र ८ मेगावाटको माथिल्लो नौगाड गाड जल विद्युत आयोजनाबाट निरन्तर विद्युत उत्पादन गरिरहेका छभने ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणाधीन छ ।



