No.1 News Portal from Sudurpashchim Province
bajaj

अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नियमन आयोगको अनुमति पायो

गोकुलेश्वर। अपि पावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनको लागि पूर्व स्वीकृति पाएको छ ।

pm office

२६ फागुनमा आयोगले हकप्रद सेयर निष्कासनको लागि स्वीकृति दिएको हो । कम्पनीले २०७९ फागुन १७ गते हकप्रद सेयर निष्कासनका लागि स्वीकृति माग गर्दै आवेदन दिएको थियो ।

कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को चुक्ता पूँजी ४१३.३२ करोडको एक बरारबर ०.४० प्रतिशतले हुन आउने अर्थात १६५.३२ करोड रकम बराबरको सय रुपैयाँ अंकित १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

दार्चुलामा अपि पावर कम्पनीले ८.५ मेगावाटको नौगाड गाड र ८ मेगावाटको माथिल्लो नौगाड गाड जल विद्युत आयोजनाबाट  निरन्तर विद्युत उत्पादन गरिरहेका छभने ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणाधीन छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.