गोकुलेश्वर। दार्चुलामा जीप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्यान्की नजिक लास्कु खोलामा मंगलबार विहान करिब साढे दस बजेतिर मधेश प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो ।

जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् । जीपमा भारतीय नागरिक सवार रहका थिए । भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएको बताइएको छ ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जिपपार्कबाट लास्कु खोलामा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।




