गोकुलेश्वर।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदुरपश्चिमले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्ने भएको छ ।

एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीको अध्यक्षतामा बसेको दलको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको हो ।
एकीकृत समाजवादीसँग सुदूरपश्चिम प्रदेश सभामा ४ जना प्रदेश सभा सदस्य छन् ।



