गोकुलेश्वर । सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने भएको छ ।सीता एअरले जहाजको भाडा महंगो भएको गुनासोपछि भाडा घटाएको छ ।

यसअघि ९ हजार रुपैयाँ भाडा तोकिएको भएपनि अहिले एक हजार रुपैयाँ भाडा घटाएर आठ हजार रुपैयाँ कायम गरिएको क्षेत्रीय निर्देशक विनोद मीश्रले बताउनु भयो ।
सीता एअरले काठमाण्डौबाट दाङ १२ बजेर १० मिनेटमा र दाङबाट काठमाण्डौ १ बजेर ३० मिनेटमा उडान हुने भएको छ । सीता एअरसँगै दाङको टरिगाउँ विमानस्थलबाट सरकारी र निजी कम्पनीका गरेर दुईवटा जहाजले उडान भर्ने भएको छ ।



