No.1 News Portal from Sudurpashchim Province
bajaj

झापामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गयो

झापा । झापामा छुट्टाछुट्टै ठाउँमा भएको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् ।

pm office

कनकाई नगरपालिका–९ मा प १–०२–०४० प ७६४० नम्बरको मोटरसाइकल सडक छेउको नालीमा पल्टिँदा मोटरसाइकलका चालक सप्तरी सप्तकोशी नगरपालिका–९ का केशव गौतमको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा रहेका १३ वर्षका छोरा सङ्केत गौतमको झापाको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै झापाको कमल गाउँपालिका–६ ताजपुरिया चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउनेको परिचय खुलेको छैन । मोटरसाइकल चालक २८ वर्षका साहिल आचार्य घाइते भएका छन् । आचार्यले चलाएको प १–०१–०१४ प ६९७८ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएको थियो । उज्यालोबाट

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.