No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा आइतबार राष्ट्रिय युवा संघको चुनाव केन्द्रित प्रशिक्षण

गोकुलेश्वर। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम आइतबार (भोली)शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरमा हुने भएको छ ।

pm office

युवा संघ नेपाल दार्चुला जिल्ला कमिटीले अगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको युवा संघ दार्चुलाका इन्चार्ज कोमल बिष्टले बताए ।

चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एबं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहने छ ।

जिल्लामा प्रतिनिधिसभा र दुबै प्रदेशसभा क्षेत्रमा एमालेको विजय सुनिश्चित हुने गरी गाउँघरमा खटिन र जिल्लाको विकासका लागि एमालेले गरेका कामबारे जनतालाई जानकारी गराउन युवाहरुलाई प्रशिक्षण दिन लागिएको हो ।।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.