डिलाशैनीमा भीरबाट लडेर ५२ वर्षीया महिलाको मृत्यु By सेती काली On २०७९ भाद्र २३ गते, १८:१५ बैतडी। जिल्लाको डिलाशैनी गाउँपालिका—५ नगराउँकी ५२ वर्षीया गौरा जोशीको बिहीबार बिहान घाँस काट्ने बेला भीरबाट लडेर मृत्यु भएको छ । आज बिहान घर नजिकैको धरापानी भन्ने वनमा घाँस काट्न गएका बेला उनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।