No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा सुन चोरेको आरोपमा पक्राउ परे जिपका सह चालक

गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वरमा सुनको गहना चोरेर शौचालयभित्र लुकाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

शैल्यशिखर नगरपालिका—४ का उत्तर ठगुन्नाको झोलाबाट सुनको गहना चोरी गरेको आरोपमा शैल्यशिखर—२ रौतेउडाका १९ वर्षीय विनोद लुहारलाई पक्राउ गरेको हो ।

शुक्रबार नौगाडबाट गोकुलेश्वर बजारसम्म  आउने क्रममा विनोद सह चालक (खलासी ) रहेको सवार  से १ ज ८३४ नम्बरको जीपमा उत्तर सवार थिए ।

pm office

जीपमै उत्तरले झोलाबाट सुनको गहना हराएको भन्दै ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा खबर गरेका थिए ।

त्यसपछि ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा प्रहरी प्रमुख प्रहरी निरिक्षक हिक्मत बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको हो ।

खोजतलास गर्ने क्रममा विनोदले गोकुलेश्वर बजारस्थित रहेको बिष्ट होटलको शौचालयभित्र उक्त रिङ लुकाएर राखेको अवस्थामा फेला पारेको हो।

 प्रहरीले बिनोदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.