गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वरमा सुनको गहना चोरेर शौचालयभित्र लुकाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
शैल्यशिखर नगरपालिका—४ का उत्तर ठगुन्नाको झोलाबाट सुनको गहना चोरी गरेको आरोपमा शैल्यशिखर—२ रौतेउडाका १९ वर्षीय विनोद लुहारलाई पक्राउ गरेको हो ।
शुक्रबार नौगाडबाट गोकुलेश्वर बजारसम्म आउने क्रममा विनोद सह चालक (खलासी ) रहेको सवार से १ ज ८३४ नम्बरको जीपमा उत्तर सवार थिए ।

जीपमै उत्तरले झोलाबाट सुनको गहना हराएको भन्दै ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा खबर गरेका थिए ।
त्यसपछि ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा प्रहरी प्रमुख प्रहरी निरिक्षक हिक्मत बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको हो ।
खोजतलास गर्ने क्रममा विनोदले गोकुलेश्वर बजारस्थित रहेको बिष्ट होटलको शौचालयभित्र उक्त रिङ लुकाएर राखेको अवस्थामा फेला पारेको हो।
प्रहरीले बिनोदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।



