गोकुलेश्वर । जिल्लाको नौगाड गाउँपालिका–२ थलौन भन्नेठाउँमा आज (मंगलबार) बिहान पहिरो खस्दा एक घर बिस्थापित भएको छ ।

कमलसिंह धामीको घर माथिबाट पहिरो खस्दा धामीको घरको भान्सा, धारा र शौचालयमा पहिरोले क्षति पु¥याएको दार्चुलाका प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालले बताए ।
यस्तै अन्य ४ जना छिमेकीको घर पनि पहिरोको जोखिममा परेको स्थानीयहरूले बताएका छन् ।



