गोकुलेश्वर। नेपाली काँग्रेस डिलाशैनी कार्य समितिकोे कोषाअध्यक्ष पदमा करन बोहरा मनोनित भएका छन् ।

काँग्रेस डिलाशैनीका सभापति जयराज जोशीकोे अध्यक्षतामा निर्वाचित कार्यसमितिको आईतबार बसेको बैठकले बोहरालाई कोषाअध्यक्ष पदमा मनोनित गरेको हो ।
कार्यसमितिको निर्वाचित सदस्यबाट कोषाअध्यक्ष पदमा निर्वाचित गर्ने विधाअनुसार बोहरालाई कोषाअध्यक्ष पदमा मनोनित गरिएको सभापति जोशीले बताए ।
बोहराले आफुलाई कोषाअध्यक्ष पदमा मनोनित गरेकोमा सभापति लगायत पार्टीका अन्य सदस्यहरुलाई आभार प्रकट गर्नुका साथै आफुले पाएको जिम्मेवारिले पार्टीलाई थप बलियो बनाउनमा सहयोग गर्ने बताए ।



