गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर ९ गोकुलेश्वरमा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको गोकुलेश्वरमा निर्धारीत समयमै मतदान सुरु भएको हो।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहित १२ क्याम्पसमा आज निर्वाचन भैईरहेको छ।



