गोकुलेश्वर।दार्चुलाको दोस्रो ठूलो मुख्य बजार तथा शैल्यशिखर नगरपालिकाको सदमुकाम गोकुलेश्वरबाट तीन जना युवक खैरो हिरोइनसहित पक्राउ परेका छ्न ।

शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरबाट बिरेन्द्र चन्द, जगदिश कोली र सुरज महर खैरो हिरोईनसहित पक्राउ परेका हुन् ।
शुक्रवार राती साढे ८ बजेको समयमा मोटरसाइकलमा सवार उनीहरुको साथमा ९ सय ८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।arrist



