No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको चटारो

गोकुलेश्वर । दार्चुलाका अधिकांश स्थानीय तहका पालिकाहरुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरू शुरु भएका छन् ।
पौष ८ गते देखि जिल्लाका स्थानीय तहहरुमा प्रतियोगिता जारी रहेका बताएको छ ।

जिल्लाको नौगाड गाउँपालिकाले पौष ८ गते चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालन गरेपछि अपि हिमाल गाउँपालिकाले १२ गते देखि सुरु गरेको प्रतियोगिता सोमबार सम्पन्न गरेको छ ।व्यासँ गाउँपालिकामा पौष १५ गते देखि प्रतियोगिता सुरु गरेको थियो । दुहुँ गाउँपालिकाले पौष २४ गते देखि २७ गते सम्म पालिकास्तरीय प्रतियोगिताको आयोजना गरेको छ ।

pm office

जिल्लाको महाकाली नगरपालिकामा पौष २२ गते देखि प्रतियोगिताको आयोजना गरिएको छ । नगरपालिकाको वडा ४ शिबनगर खेलमैदानमा प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । यस्तै जिल्लाको मार्मा गाउँपालिकाले आगामी शनिबार देखि प्रतियोगिताको आयोजना गरेको छ ।

मालिकार्जुन गाउँपालिकामा पौष २६ गते बाट पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिताहरू शुरु हुने जनाएको छ ।
लेकम गाउँपालिकामा पनि २५ गतेबाट पालिकास्तरीय प्रतियोगिता लालीमा संञ्चालन गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनु भयो ।

शैल्यशिखर नगरपालिकामा पौष २३ गते देखि रनिङ शिल्ड प्रतियोगिताहरू शुरु हुने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा विभिन्न मिटर समूहमा दौड, हाई जम्प, लङजम्प, भलिबल, भाला फ्याँक्ने, शटपुट, कराँते लगायतका विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.