No.1 News Portal from Sudurpashchim Province
bajaj

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

गोकुलेश्वर। सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् ।

क्रिकेटर लामिछानेलाई काठमाडौंँ जिल्ला अदालतले बलात्कार मुद्धामा शुक्रबार दोषी ठहर्याएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको हो ।

pm office

एउटै कोठामा बसेको बेला सन्दीपले आफूलाई बलात्कार गरेको गौशला २६ को दाबी रहेको भन्दै अदालतले भनेको छ, ‘गौशला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रम समेतलाई विचार गर्दा करणी भएको देखियो ।’

मुद्दाको सुनुवाइका क्रममा पीडित ‘गौशला २६’को उमेरबारे पनि निकै विवाद भएको थियो । रालुका गाविस नुवाकोट तथा शंकरापुर नगरपालिका, काठमाडौंको बसाइँ सराइ दर्ता किताब र नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जको डेलिभरी रजिस्टर, गौशला २६ को बकपत्र लगायतले गौशाला २६ को जन्ममिति १८ असार २०६१ भएको र घटना भएको बेला उनको उमेर १८ वर्ष पुगेको इजलासको ठहर छ ।

गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.