No.1 News Portal from Sudurpashchim Province
bajaj

भौतिक मन्त्री ज्वाला नेतृत्वको टोलीद्धारा दार्चुला–तिङ्कर सडकको अनुगमन

गोकुलेश्वर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोलीले दार्चुला–तिङ्कर सडकको स्थलगत अनुगमन गरेको छ ।बिहीबार (आज) मन्त्री ज्वालासहितको टोलीले सडक आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।

नेपाली सेनाले निमार्ण गरिरहेको दार्चुलाको व्याँस गाउँपालिकाको तुसरपानी देखि तिङ्कर सम्म ७९ किलोमीटर सडकको जिरो पोइन्टको स्थलगत निरीक्षण गरिएको हो । ७९ किलोमीटर मध्ये जसमा अहिले सम्म १० किलोमीटर सडकको ट्याक खोलिएको छ ।

pm office

त्यस्तै, मन्त्री ज्वाला नेतृत्वको टोलीले व्याँस गाउपालिका–१ को छाङरु र तिंकरको हवाइ निरीक्षण गरेको छ । सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले समयवद्ध योजना निर्माण गरि टिंकर सडक चाँडो सक्न नेपाली सेनालाई निर्देशन दिएका छन् । त्यस्तै,उनले सडकको राष्ट्रिय महत्त्वलाई ध्यानमा राख्दै आवश्यक बजेटको व्यवस्था मन्त्रालयबाट गरिने बताएका छन् ।

अनुगमन टोलीमा मन्त्री ज्वाला, दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशब कुमार शर्मा, सहसचिव उमेश बिन्दु श्रेष्ठ, सडक विभागका महानिर्देशक सुशील बाबू ढकाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका सु.ई श्याम बहादुर खड्का, नेपाली सेनाका विकास निर्माण निर्देशनालय प्रमुख विकास पोखरेलको सहभागिता रहेको थियो ।

बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेको दार्चुलाको ‘तुसारपानी–कोठेधार–टिकर’ सडक खण्डको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । सो अवसरमा नेपाली सेनाले दार्चुला तिंकर सडक खण्डको प्रगति विवरण ब्रिफिङ गरेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.