No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनी गाउँपालिकालाई डिलाशैनी युवा सञ्जालका अध्यक्ष राधाको ३४ बुँदे लामो सुझावपत्र

गोकुलेश्वर।बैतडीको डिलाशैनी गाउँपालिकालाई डिलाशैनी युवा सञ्जाल (एसएनएस—२४) ले सञ्जालको तर्फबाट गाउँपालिकालाई चालु आर्थिक वर्ष एवं भविस्यका लागि विभिन्न बुदाँमाहरुमा सुझाव दिएको छ ।

डिलाशैनी युवा सञ्जालका अध्यक्ष राजेन्द्र धामी (राधा) ले विभिन्न विकाश निमार्णका कामहरु तथा जनताका आधारभुत आवस्यकताहरलाई मध्यनजरगरि उल्लेखित बुँदाहरु योग्य ठहरिएको खण्डमा पालिकालाई कार्यान्वयनको लागि आग्रह गर्दै सुझाव दिएका हुन् ।

गाउँपालिकाको आन्तरिक स्रोतले नभ्याए प्रदेश र संघीय सरकार संग पहल गरेरै भएपनि उल्लेखित बुँदाहरु योग्य ठहरिएको खण्डमा पालिकाले कार्यान्वयन गर्ने छ भन्नेमा आशावादी समेत रहेको अध्यक्ष धामीको भनाई छ ।

बुँदाहरु :

१.तेल जन्य बाली र चिउरी, रिठा जस्ता कच्चा पदार्थहरुबाट साबुन,तेल र सोयबिन उत्पादन गर्न सक्ने किसिमको उद्योग स्थापना गर्नका लागि अनुसन्धान गर्ने र रणनितिक योजना तयार पारेर ५ बर्ष भित्रमा उद्योग स्थापनाका लागि आधार तयार पार्ने ।

२.गाउँपालिका भित्रका हरेक जनतालाइ श्रम संग जोड्ने, छिमेकी मुलुक भारतको विभिन्न ठाउँमा र स्वदेशमै ज्याला मजदुरि गर्दै आएका नागरिकहरुलाई पालिकाको विकाश निर्माणसंग जोडेर सबैलाइ (राहात रोजगार) दिने र हरेक विकाश निर्माणका कार्यहरु गाउँपालिका र वडा कार्यालयहरुको निगरानीमा सन्चालन गर्ने ।

३.विकाश निर्माण गर्दा स साना योजना नभई ६ महिना या १० महिना भित्र कार्य सम्पादन हुने खालका योजना बनाउने । जस्तैः कुनै वडामा खाने पानीको योजना बनाउनु पर्यो भने त्यस्का लागि कति लागत लाग्छ ? अनुशन्धान गरेर रकम छुट्याउने र लक्ष्य अनुसारको काम गर्ने पैंसा नपुगेको खण्डमा श्रमदान कार्यक्रम सञ्चालन गर्ने ।

४.विकाश निर्माण गर्दा नामको मात्र विकाश नभएर गुणस्तरिय र दिगो दिर्घकालिन किसिमको विकाश गर्ने ।

५.गाउँपालिका भित्र रहेका प्राकृतिक सम्पत्ति धार्मीक धरोहरु खोला, नदि, नाला, बनजंगल, खानी जडबुटीको बिशेष संरक्षण गर्ने, खोला नाला र ताल तलैयाहरुलाई नेचुरल सुइमिंग पुलमा कनभर्ट गर्ने र त्यस्को छेउ छाउमा क्याम्प क्षेत्र र ससाना रेश्टुरेन्ट बनाएर मनोरन्जनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याई गाउँपालिकाकोे आर्थिक पक्ष सुधार गर्नका लागि प्रदेश र केन्द्र सरकारसंग मिलेर विशेष किसिमको रणनितिक योजना तयार गरेर सम्भाब्यता अध्यन गर्ने र ५ बर्ष भित्र आधार तयार पार्ने ।

६.बन जंगल फडानीहुनबाट जोगाउने जथाभाबी रुख नकाट्न जनतालाइ सचेत गराउने भुक्ष्य वनबिनास जस्ता प्राकृतिक प्रकोप रोक्न सबै जनतालाइ सहभागी गराई वृक्षारोपण गराई बनजंगलहरुलाई गाउँपालिकाकोे सम्पत्तिको रुपमा स्थापित गर्ने ।

७.गाउँपालिका भित्र बसोवास गर्ने (६५ वर्ष) माथिका जेष्ठ नागरिक, दिर्घरोगी, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुको लागि वडामा रहेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरु परिचालन गरी कम्तिमा महिनाको १ पटक स्वास्थ्य अवस्थाको जाँच गर्ने, आवश्यकता अनुसार उपलब्ध औषधी वितरण गर्ने र सो को रेकर्ड राख्ने तथा मासिक रुपमा गाउँपालिका स्वास्थ्य शाखामा प्रतिवेदन पेश गर्ने साथै जटिल अवस्थाका रोगीहरुलाई उपयुक्त स्थानमा उपचारका लागि सहजिकरण गर्ने गरी गाउँपालिका प्रमुख जेष्ठ नागरिक तथा अशक्त नागरिक स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्ने।

८.कृर्षी क्षेत्रहरुमा सिँचाइ ब्यबस्था पुर्याउने माटोको परिक्षण गरेर माटो सुहाउदो वैज्ञानिक र सामुहिक खेती गर्न कृर्षकहरुलाइ प्रेरित गर्ने, मौसम र सिजन अनुसार उत्पादन गर्न सकिने बालीनालीहरु उपलब्ध गराउने, कृषिमा आत्मनिर्भर र कृषिबाट आय आर्जन गराउनको लागि आधुनिक कृषि कार्यक्रम सन्चालन गर्ने । कृषि उत्पादनलाई सुरक्षित राख्न कोल्ड स्टोरको स्थापना गर्ने र कृषि उत्पादनहरुलाई ब्राण्डींग गरेर बजारिकरण गर्ने । विभिन्न सहर बजारहरु सम्म उत्पादित बस्तु पुर्याउनका लागि पालिकाले कृषि एम्बुलेन्सको ब्यबस्था गर्ने । 

९. डिलाशैनी गाउँपालिकाको सेवा प्रवाहलाइ छिटोछरितो र अझ प्रभावकारी बनाउन सर्वपक्षीय संयन्त्र गठन गरी सवै पक्षसंग समन्वय र सहकार्य गर्दै गाउँपालिकालाई स्मार्ट, स्वच्छ, समृद्ध, नमूना पालिका बनाउन कार्यविधि बनाइ कार्यान्वयन गर्ने।

१०. डिलाशैनी गाउँपालिका “लोक कल्याणकारी कोष” स्थापना गर्ने र शुरुमा सो कोषमा गाउँपालिका अध्यक्ष,उपाध्यक्षको एक महिनाको पारिश्रमिक जम्मा गरी हरेक महिना सवै जनप्रतिनिधि र कर्मचारीहरु संग १ दिनको आम्दानी÷तलव उक्त कोषमा जम्मा गर्न आह्वान गर्ने ।

११. गाउँपालिकाबाट प्रवाह हुने सेवालाई थप छिटोछरितो,चुस्त, दुरुस्त,भरपर्दो र पारदर्शी वनाउन कर्मचारीको क्षमता विकास गरी नागरिक सचेतीकरण बढाउदै प्रविधिको प्रयोगमा जोड दिने।

१२.प्रत्येक घरधुरीले न्यूनतम जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न औधोगिक ग्रामको स्थापना गरी “एक घर एक रोजगारी वा व्यवसाय “को कार्यक्रम अगाडि वढाउने।

१३. प्रत्येक वडाहरुमा बृहत पुस्तकालय स्थापना गर्ने र प्रत्येक वडाहरुमा पालिका स्तरिय खेलकुद सञ्चालन गर्न सकिने खेलमैदान निर्माण गर्ने र पालिका भित्र एउटा जिल्ला स्तरिय खेलकुद सञ्चालन गर्न सकिने खेलमैदानको निर्माणका लागि प्रदेश र केन्द्र सरकारसंग सहकार्य गरेर अगाडि बड्ने ।

१४.वनजंगल फडानी हुनबाट जोगाउनलाई सके सम्म दाउरा चुलाहरुलाई विस्थापित गरेर ग्यास र बिजुलिबाट खान बनाउन सकिने सम्भाब्यताको अनुसन्धान र परिक्षण गर्नका लागि प्रदेश र केन्द्र सरकारसंग सहकार्य गरेर अगाडी बड्ने । आर्थिक स्तर कमजोर भएका घर परिवारहरुलाई सहुलियत रकममा उपलब्ध गराउने गरि कार्यक्रम सन्चालन गर्ने ।

१५.१ वडा १ प्राविधिक कर्मचारीको व्यवस्था गरी विकास निर्माणका कार्यहरुलाई गुणस्तरीय एवं पारदर्शी वनाई समयमै कार्य सम्पन्न गर्ने साथै योजना प्रणालीलाई प्रविधिमैत्री वनाउने।

१६.सम्पुर्ण डाडाहरुलाइ पैदल मार्गले जोडेर प्रदेश स्तरकै सबैभन्दा लामो दुरीको पथ मार्ग बनाउन सकिन्छ कि सकिन्न भनेर समभाब्यता अध्यन गर्ने र सकिन्छ भने प्रदेश सरकारसंग सहकार्य गरेर काम को थालनी गर्ने ।

१७.युवाहरुको लागि खेलकुद, शैक्षिक कर्जा, व्यवसायिक कर्जा तथा सिपविकास र रोजगारीको व्यवस्थापन गर्दै बिदेशीएका युवाहरुलाइ आफ्नै मातृभुमीमा फर्काउन “गाउँ फर्क अभियान” सन्चालन गर्ने ।

१८.व्यवस्था परिवर्तन गर्न बलिदान गर्ने शहिद,वेपत्ता घाइतेको सम्मानमा विशेष योजना संचालन गर्ने।

१९.शिक्षालाई गुणस्तरीय,प्रविधिमैत्री र स्वास्थ्यमा गुणात्मक सुधारको कार्ययोजना बनाइ कार्यान्वयन गर्ने ।

२०.दलित, महिला, फरक क्षमता भएका नागरिकको सम्मान गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने सो को लागि जनस्तरबाट सुझाव संकलन गरि कार्यक्रम तर्जुमा गर्ने।

२१.सबै वडामा सुलभ खाद्यान्न पसल,औषधि पसल गाउँपालिकाको समन्वयमा संचालन गर्ने ।

२२. गाउँपालिका भित्रका नदि खोलाको तटबन्ध र सिचाईको व्यवस्था गर्ने।

२३.गाउँपालिका भित्र रहेका बजार एरियामा नि शुल्क सार्वजनिक शौचालयको व्यवस्था गर्ने।

२४.पालिकाको गौरवको योजनाका रुपमा हेरिएको भौतिक विकाशको पर्यावाची १० सय्याको अस्पताल र प्रशासकिय भवनको निर्माण यथासिघ्र प्रारम्भ गर्ने ।

२५.भविस्यमा भइपरि आउने आपतकालीन समस्या भुकम्प, बाढीपहिरो पाकृतिक प्रकोपहरुबाट बच्नको लागि प्रत्येक टोलमा खुल्ला क्षेत्र छुट्याएर सुरक्षित स्थानको रुपमा विकाश गर्ने र प्रत्येक वडाहरुमा पिडितहरुलाई राहात स्वरुप बस्नका लागि सुरक्षिक आवास निर्माण कार्यको थालनि गर्ने ।

२६.विद्यालयमा अध्ययन गर्ने छात्राहरुको लागी प्रत्येक विद्यालयमा निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने।

२७.पूर्ण पशुपन्छि विमा,कृषि एम्बुलेन्स,कृषि विमा र कोल्ड स्टोर निर्माण गरि गाउँपालिकामा कृषि औधोगिकरण कार्यक्रम संचालन गर्ने ।

२८.रोजगारीहरुमा नातावाद र कृपावादकोलाई हावी गरेर इच्छुकहरुलाई काखा पाखा नगरि क्षमतावान र योग्य मान्छेलाइ नियुक्ती दिने परिपाटीको विकाश गर्ने ।

२९.गाउँ समाजमा हुने अराजकता विकृती,बिसंगती नियन्त्रण गरि समाजिक सदभाव कायम गराउन विषेश किसिमको निति निर्माण गर्ने र कानुनी रुपमा लागु गराउने ।

pm office

३०.समाजिक बिपत्ती बाढी,पहिरो भुकम्प दुर्घटना तथा समाजमा हुने कुनै पनि समस्याहरुको सम्बोधन गर्न र राहात प्रदान गर्नको लागि नागरिक कोष खडा गर्ने ।

३१.गाउँपालिका भित्र रहेका मठमन्दिरहरु र पुरात्वतिक सम्पदाहरुको संरक्षण गर्ने र तिनीहरुलाइ धार्मीक पर्यटकिय क्षेत्रको रुपमा विकाश गर्ने र आन्तरिक बाह्य प्रर्यटक भित्र्याउनका लागि प्रचार प्रसार गर्ने ।

३२.व्यवसाय सन्चालन गर्ने कृषि फर्म पशुपन्छी फर्म बाख्रा पालन, डेरी सन्चालन गर्न उत्साहित युबाहरुलाई अनुदानमा क्रण उपलब्ध गराउने उद्यम गर्दा गर्दै पाकृतिक कारण र भैपरिआउने दुर्घटनाका कारण नोक्सानी बेहोरेमा व्यबसायीहरुलाइ पालिकाले संरक्षण गर्ने गरि निति नियम र कानुन बनाउने ।

३३.सडक निमार्ण गर्दा हरेक वडालाइ मध्यनजर गर्ने र प्रत्येक वडाको सडकलाइ एक आपसमा जोड्ने र गापा मार्गको रुपमा र कृषि मार्गको रुपमा पहिचान दिएर केन्द्र सरकारबाट कालोपत्रेका लागि बजेट आह्वान गर्ने ।

३४.गापा भरिका प्रत्येक टोलहरुमा महिला स्वयमसेविकाको जिम्मामा प्राथमिक उपचारका लागि आवश्यक औषधी र स्वास्थ्य समाग्री उपलब्ध गराउने, प्रत्यक टोलमा ३–५ स्ट्रेचर उपलब्ध गराउने ।

 

त्यस्तै, डिलाशैनी युवा सञ्जालले आधारभुत आवस्यकताका बारेमा समेत पालिकालाई सुझाव दिएको छ ।

१.शिक्षा

–पालिकाभित्र रहेका विद्यालयहरुको भौतिक संरचनाहरुलाई समय सापेक्ष रुपमा सुधार गर्ने, जिर्ण हुुँदै गएका भवन र छानाहरुलाइ परिबर्तन गर्ने र गुणस्तिरिय भवनमा परिणत गर्न आबश्यक बजेट छुट्याउने ।

–प्रत्येक विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तरिय स्तर सुधार गर्नका लागि प्रविधि मैत्री वातारवरणमा कक्षा सन्चालन गर्ने र प्रत्येक बिद्यालयलाई इन्टरनेटसंग जोड्ने र प्रोजेक्टर प्रयोग गरेर विश्वको स्थित उद्याोग कलकारखाना प्रबिधि विकाश निर्माण र विश्वपरिबेसलाई इन्टरनेटको माध्यमबाट देखाउने र विद्यार्थीहरुलाई बाह्य दुनियाको बारेमा जानकारी गराउने ।

– हरेक विद्यालयका विद्यार्थीहरुलार्य सिपमुलक ब्यबहारिक र बैज्ञानिक शिक्षा प्रणाली संग जोड्ने बतावरण मिलाउने त्यसका लागि आवश्यक बजेट छुट्याउने, गरिब तथा अपांग विद्यार्थीहरुलाई आबश्यकता अनुसारको आर्थिक सहयोग गर्ने, जेहनदार विद्यार्थीहरुलाई पुरुस्कार दिने ।

–हरेक विद्यालयहरुमा महिना महिनाको अन्त्यमा परिक्षा गराउने, विद्यार्थीहरुलाई अनुसासित र मर्यादित बनाउन वैज्ञानिक बिधी अनुसारको दन्ड र पुरुस्कारको ब्यबस्था गर्ने ।

–विद्यार्थीहरुलाई परिक्षमा नक्कल गर्न तथा चिट चोर्न नदिने स्वविबेकले लेख्न लगाउने फेल भएका विद्यार्थीहरुलाई सोहि कक्षामा पुनः १ वर्ष पठन पाठन गराउने कुरालाई व्यबहारमा लागु गराउने ।

–१वर्षमा दुइ तिन पटक पालिका स्तरिय शैक्षिक प्रतिस्प्रधामुलक कार्यक्रम सन्चालन गर्ने र सब विद्यालयहरुलाई प्रतिस्प्रधामा सहभागि गराउने ।

२.स्वास्थ्य

– प्रत्येक वडाका स्वास्थ्य चौकीहरुमा प्रविधि जडान गर्ने गापाको आर्थिक अवस्थाले नपुगेमा केन्द्र र प्रदेश सरकार संग माग राख्ने ।

–गापाको १० सय्याको अस्पताल यथासिग्र निर्माण प्रकिया अगाडी बडाउने आर्थिक अवस्थाले कमजोरहरुलाई उपचार गराउनका लागि बिशेष किसिमको कोष खडा गर्ने ।

–सरकारबाट पाइने समपुर्ण किसिमका औषधीहरु सदैव स्वास्थ्य चौकिमा उपलब्ध गराउने र त्यसमा गापाको तर्फबाट पनि केहि औषधी थप्ने ।

३.खानेपानी

–गापाबासी सबैलाई खानेपानी खुवाउने,पानीको योजना छुट्याउँदा स साना योजना छुट्याएर समितिमार्फत काम गर्ने भन्दा पनि वडा कार्यालयबाट बृहत योजना सन्चालन गराउने र प्रत्येक घर धुरीलाइ जोडेर २ महिना ज्याला १५ दिन श्रमदान कार्यक्रम सन्चालन गरेर प्रत्येक घर धुरीमा पानी पुगाउने ।

–प्रत्येक वडामा गएर खानेपानीको समस्या र त्यस्को समाधानको बारेमा अनुसन्धान गर्ने र कार्य सम्पादन गर्न लाग्ने लागत रकम निर्धारण गरेर योजना तर्जुमा गर्ने र वडाहरुलाइ हस्तान्तरण गर्ने ।

–हरेक वडामा भइरहेका खाने पानीको कार्यक्रमहरुलाइ गापाबाट निगरानी राख्ने ।
४.सडक

–गापाका प्रत्येक वडाहरुलाइ सडक सन्जाल संग जोड्ने, सडक निर्माण गर्दा सके सम्म कृषि क्षेत्रलाइ नोक्सान नहुने गरेर कार्य गर्ने ।

–सडक निर्माण गर्दा भविश्यका लागि फाइदा हुने र बढी भन्दा बढी जनता लभाम्बित हुने गरेर निर्माण गर्ने ।

–महाकाली राजमार्गबाट डिलाशैनी केन्द्र जोड्ने सडकलाई तत्काल कालोपत्रे गर्न योजना तर्जुमा गर्ने ।

–सडकलाई प्रत्येक वडाका सरकारी कार्यलय, स्वास्थ्यचौकी विद्यालयहरुलाई जोड्दै निर्माण गर्ने ।

५.सञ्चार

– मौसाम जे जस्तो भए पनि २४ घण्टा नेटवर्क आउने गरेर टावरहरु विस्तार गर्ने टावरहरु सोलार सिस्टम र बिद्युत बाट सन्चालन गर्ने ।

–गापाका प्रत्येक शैक्षिक क्षेत्र र सरकारी कार्यालयहरुमा इन्टरनेट जडान गर्ने ।
६.विद्युत

–गापालाई उज्यालो गापामा परिणत गर्ने ।

–यो वर्ष भित्रमा प्रत्येक गापाबासीको घर घरमा बिजुली पुगाउने गरि तिब्र गतिमा कार्य सन्चालन गर्ने ।

–विद्युत सम्बन्धी सबै जनतालाई थाहा हुने गरि सचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्ने ।

–नेपाल सरकारबाट निशुल्क पाइने विद्युुतमा गापाले पनि थपेर जनतालाइ उपलब्ध गराउने ।

–सके सम्म ग्यास र दाउराबाट खाना बनाउँदै आएका चुलाहरुलाई बिद्युतिय चुलामा परिणत गर्ने र तेल डिजेल बाट चल्दै आएका चक्कीहरुलाई विद्युतबाट चलाउने ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.