दार्चुलामा आयोजित ब्याडमिन्टन प्रतियोगिताको उपाधी गोकुलेश्वरका बिष्टद्धयले हात पारे,कति पाए पुरस्कार ?
गोकुलेश्वर।दार्चुलामा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिता उपाधी टीम गोकुलेश्वरले हात पारेको छ ।
जिल्लाको महाकाली नगरपालिका—७ धापका युवाहरुको आयोजनामा‘राष्ट्रका लागि खेल,स्वस्थ्यका लागि खेल,लागुऔषध नियन्त्रणका लागि खेल’ भन्ने मुल नाराका साथ यही १ गतेदेखि सञ्चालन भएको खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता उपाधी टीम गोकुलेश्वरले हात पारेको हो ।

खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी शैल्यशिखर नगरपालिका—९ स्थित गोकुलेश्वरबाट गएका खेलाडीद्धय प्रकाश बिष्ट र सुरेश बिष्टको जोडीले जिल्ला प्रहरी कार्यालय दार्चुलाको टीमलाई सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टीम गोकुलेश्वरले नगद २२ हजार २ सय २२ रुपैयाँ नगद, प्रमाणपत्र पाएको छभने दोस्रो स्थान हात पारेको जिप्रका दार्चुलाको टीमले ११ हजार १ सय ११ रुपैयाँ सहित प्रमाणपत्र र मेडल पाएको छ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो ।



