No.1 News Portal from Sudurpashchim Province
bajaj

टा«फिक प्रहरी कञ्चनपुरद्धारा नेपाली सेनाका कर्मचारीलाई जनचेतनामूलक कक्षा सञ्चालन

गोकुलेश्वर।जिल्ला टा«फिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि सडक सुरक्षा सम्बन्धी नेपाली सेनाका कर्मचारीहरुलाई जनचेतनामूलक कक्षा सञ्चालन गरि कार्यक्रम गरेको छ ।

जिल्ला टा«फिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी निरीक्षक नरेश विक नेतृत्वको टोलीले श्रीदल गुल्म भगतपुर ब्यारेकमा कार्यरत नेपाल आर्मीका अधिकृत तथा सकल दर्जाका कर्मचारीहरुलाई सडक सुरक्षा,सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा लगायत ट्राफिक सचेतना तथा ट्राफिक ऐन नियम सम्बन्धि जनचेतनामूलक कक्षा सञ्चालन गरि कार्यक्रम गरेको हो ।

सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कता,दुर्घटना न्यूनीकरणका सम्बन्धमा कार्यक्रम आयोजना गरि जनचेतनामुलक कार्यक्रम गरिएको प्रहरी निरीक्षक विकले बताए ।

pm office

‘दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्छ । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुन्छ । सडक सुरक्षा एकल व्यक्तिको प्रयासबाट नहुने भएकाले सबै पक्षले जिम्मेबार बन्नुपर्छ ।’ उनले भने ।

जनचेतनामूलक कार्यक्रममा टा«फिक प्रहरी, श्रीदल गुल्म भगतपुर ब्यारेकमा कार्यरत सम्पुर्ण कर्मचारी लगायको सहभागिता रहेको थियो ।

हेर्नुहोस् तस्बिर :

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.