गोकुलेश्वर।नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका नेता नरेश गिरीको नेतृत्वको टोलीले पश्चिम रुकुममा एक दर्जन अस्थायी टहरा निर्माण गरेको छ ।

भूकम्प प्रभावित क्षेत्र पश्चिमरूकुमको आठविसकोट नगरपालिकामा नेता गिरीको टोली एक साताअघि भूकम्प पुगेर अस्थायी टहरा निर्माण गरिरहेको हो ।
चिसोको कारण भूकम्पपीडितहरूको ज्यान जान थालेपछि नेकपा एस निकट युवाहरू र अनेरास्ववियूका नेताहरू मिलेर त्यहाँ पुगेर अस्थायी टहरा निर्माणमा जुटेका हुन् ।
नेता गिरीका अनुसार ३० जना युवाहरूले आठविसकोट नगरपालिका—१४ ज्मामिरकोटमा अस्थायी टहरा निर्माण गरिहेका छन् ।



