No.1 News Portal from Sudurpashchim Province
bajaj

कर्कले स्थित चमेलिया नदीमा रहेकोे बेली ब्रिज भाँसियो,दुर्घटनाको जोखिम उच्च

गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका—३ कर्कले स्थित चमेलिया नदीमा रहेकोे बेली ब्रिज भाँसिएको छ । 

शैल्यशिखर—३ र बैतडीको डिलाशैनी गाउँपालिका—३ जोड्ने चमेलिया नदीमा रहेको कर्कले स्थितको बेली ब्रिज(कर्कले पुल)को दार्चुलातर्फको मुख्य पिल्लर भएको ठाउँको पुरै भाग भाँसिएको हो ।

मुख्य पिल्लर भएको ठाउँको पुरै भाग भाँसिएपछि जोखिम बढ्दै गएको सम्बद्ध सवारी चालकले बताएका छन् । 

pm office

पुलमा दैनिक सयौं बढी साना तथा ठूला सवारीसाधन दिनहुँ आवतजावत गर्दछन् । गोकुलेश्वरबाट पंसेरा,बलाच,सिमार गन्ना,बिटुले मार्मा हुँदै अपिहिमाल गाउँपालिकाको मकरिगाडबाट बाहिरिने तथा भित्रिने मुख्य नाकाका रुपमा रहेको यो पुल भाँसिदा दुर्घटनाको जोखिम बढेको छ । 

पुलको मर्मत सम्भार तत्कालै नगरे जुनसुक्केबेला पनि भत्किन सक्ने अवस्थामा छ । बेली ब्रिजमा क्षमताभन्दा बढीका लोड गाडी आवत–जावत भए भत्किन सक्ने छ । 

बेली ब्रिज जीर्ण हुँदा दुर्घटना बढ्नाका साथै पैदलयात्रीलाई पनि समस्या हुने भन्दै सवारी आवागमन बन्द गराउनु पर्ने स्थानीयवासीको भनाई छ । पुल मर्मतका लागि सरोकारवाल निकायले तत्काले चाँसो नदिए ठुलो दुर्घटना हुन सक्ने छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.