No.1 News Portal from Sudurpashchim Province
bajaj

कोपा अमेरिका : अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

pm office

गोकुलेश्वर। कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीको खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । तर, खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै समूह (ए) मा रहेका दुवै टोलीले एकरएक अङ्क बाँडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा रहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.